ट्रेंडिंग:

>> पुर्व आईजीपी राणाको अन्तिम बिदाइ (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग

प्रधानमन्त्रीबाट महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

१३ भाद्र २०८१, बिहीबार
१३ भाद्र २०८१, बिहीबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो । गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।

मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे । “हाम्रा खेलाडी छोरीहरुलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु ।”, प्रधानमन्त्री ओलीले भने, “यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ । खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ । तपाईँहरु जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस् ।” उनले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नती गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरे । उनले दशरथ रंगशालाको खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन ध्यानाकर्षण गराए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, खेल पदाधिकारी, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission