ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

उच्च शिक्षामा एमबीए ‘क्रेज’

एमबीए अध्ययनपछि रोजगारीको अवसर खुला हुने र आफै उद्यमी बन्ने कुशलता पनि हासिल गर्न सक्छन् ।
५ भाद्र २०८१, बुधबार
५ भाद्र २०८१, बुधबार

बुटवल, ०५ भदौ ।
बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा त्रिभुव विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी स्वायत्त कार्यक्रम अन्तर्गत एमबीए (बिएफ) सञ्चालनमा रहेको छ । माष्टर अफ विजनेश एडमिष्टे«शन–बीजनेश फाईनान्स अध्यापन गराउने लुम्बिनी बाणिज्य क्याम्पस यो क्षेत्रको एक मात्रै पब्लिक क्याम्पस हो । क्याम्पसका उप प्राध्यापक तुलसी प्रसाद भुषालका अनुसार ३३ जनाको सिटमा एमबीए अध्यापन हुँदै आएको हो । जसमा ४ वटा सेमेष्टर प्रणालीमा ४ लाख २५ हजार रूपैयाँ शुल्क निर्धारण गरी अध्यापन गरिँदै आएको छ ।

त्रिभुवन विश्व विद्यालयबाट सरकारी क्याम्पसमा बुटवलको बुटवल बहुमुखी क्याम्पसमा बिबीएको अध्यापन हुँदै आएको छ भने भैरहवा बहमुखी क्याम्पसमा पनि बीबीए अध्यापन हुँदै आएको छ । बुटवल बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख दुर्गा भुषालका अनुसार एमबीएको लागि पहल भए पनि सार्थकता पाउन सकेको छैन ।
स्नाकोत्तर तहमा व्यवस्थापनतर्फ व्यापार जनप्रशासन तर्फ पछिल्लो समयमा विद्यार्थीहरूको समेत रुची बढ्दै गएको पाइएको छ ।

रूपन्देहीमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि बीबीए, बीबीए बीआई पढाउँदै आएको क्षितिज ईन्टरनेशनल कलेजमा यो बर्षदेखि एमबीएको अध्यापन सुरु भएको छ । पछिल्लो समयमा परिमार्जित पाठ्क्रयम अनुसार पोखरा विश्वविद्यालयले सुरुवात गरेको कोर्ष अनुसार एमबीएको अध्यापन सुरुवात गरिएको क्षितीज इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख प्रा.डा सुर्य बहादुर राना बताउँछन् । उनका अनुसार यो बर्ष देखि सुरुवात गरिएको यो कोर्षमा ३० जना विद्यार्थीले अध्ययन गर्न पाउने छन् । प्राचार्य डा. सुर्य रानाले सन् २००९ बाट बिबिए कार्यक्रम सुरुवात गरेको कलेजले २०१३ मा बिबिए–बीआई समेत सञ्चालन आएकोमा सन् २०२४ बाट एमबीएको कार्यक्रम सुरुवात गरिएको बताउँछन् । जसमा विद्यार्थी भर्ना भएर शैक्षिक कार्यक्रम समेत सुरुवात भैसकेको छ ।

केही दिन पहिला ओमसतिया गाउँपालिका वडा नम्बर १ कटैयामा रहेको बुटवल मोडेल कलेजमा पनि एमबीए–फाईनान्सको कार्यक्रम सुरुवात गरिएको छ । पोखरा विश्वविद्यालयको अनुमती प्राप्त गरी कक्षाहरू संचालन गरिन थालेको हो । यो कार्यक्रमले ब्यवहारिक रूपमा आधुनिक प्रविधिको प्रयोग गरेर अध्यापन गराईने एमबिए फाईन्नासका विद्यार्थीहरूले अध्ययन पश्चात लुम्बिनी प्रदेश, रूपन्देहीका लागि मात्र नभई नेपालभरिका औद्योगिक प्रतिष्ठान, बैंक तथा वित्तिय संस्थाका लागि तयार मानवपूँजीका लागि योगदान दिने क्याम्पस प्रमुख डा. नेत्र बस्याल बताउँछन् ।

२०६४ सालमा रूपन्देहीको शंकरनगरमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिइ स्नातकोत्तर तहमा मानविकी, तथा सामाजिक संकाय अन्तर्गत एमए कार्यक्रम सञ्चालन गर्दै शुरु भएको तत्कालिन तुल्सीमेहर कलेजको वर्तमान स्वरूपको रूपमा रहेको बुटवल मोडेल कलेज वि.सं. २०७२ सालमा विविए कार्यक्रम सुरु गरेको थियो । अभिभावक र विद्यार्थीहरूले कलेजप्रति देखाएको विश्वासले कलेजले प्रगति गर्दै गईरहेको कलेजले जनाएको छ ।

यसैबीच पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी तिलोत्तमा नरपालिका वडा नम्बर १ योगीकुटीमा रहेको तिलोत्तामा क्याम्पसले पनि एमबीए को अध्यापन सुरुवात गरेको छ । २ बर्षको ६ सेमेष्टरमा अध्यापन हुने उक्त कार्यक्रममा कुल ४ लाख ३० हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।

रूपन्देहीको तिलोत्तमा क्याम्पसले मास्टर्स इन बिजनेश एडमिन्स्ट्रेशन (एमबीए) कार्यक्रम सुरु गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो क्याम्पसले यसै शैक्षिक सत्रदेखि सुरु गर्न लागेको एमबीए कार्यक्रमको मंगलबार पत्रकार सम्मेलनमार्फत शुभारम्भ गरेको हो ।

एमबीए कार्यक्रम अन्तर्राष्ट्रिय बजारमा समेत अब्बल मानिन्छ । त्यसैले हरेक वर्ष एमबीए पढ्ने विद्यार्थीको संख्या बढिरहेको छ ।
नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले एमबीए कोर्स सञ्चालन गरेका छन् ।

स्वालम्बी जनशक्ति तयार गर्ने मुख्य लक्ष्यसहित एमबीए कार्यक्रम सुरु गरिएको तिलोत्तमा क्याम्पसका प्राचार्य प्रा.डा. रामचन्द्र आचार्यले जानकारी दिए । “बीबीए कार्यक्रम सुरु गरेको १५ वर्षको प्रयासपछि बल्ल एमबीए कार्यक्रम सुरु गर्न सफल भएका छौं”–उनले भने । २०५६ सालदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको क्याम्पसले २०६६ सालदेखि बीबीए कार्यक्रम सुरु गरेको थियो । यो कलेज २०५३ सालमा तिलोत्तमा नगरपालिका–२ मा स्थापना भएको हो ।

एमबीए कार्यक्रममा सबै विषयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न पाउने प्राचार्य डा. आचार्यले बताए । “आफ्नो अनुसन्धनात्मक क्षमता, कार्यकुशलता, प्रशासनिक दक्षता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर सबैलाई प्राप्त भएको छ”–उनले भने । एमबीए कार्यक्रमलाई पूर्णरूपमा अनुसन्धानमा आधारिक बनाइने पनि उनले बताए ।
क्याम्पसका अध्यक्ष रामचन्द्र ढकालले अनुसन्धानमा रमाउन चाहने विद्यार्थीका लागि यो कार्यक्रम कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

के हो ? एमबीए पढाई
एमबीए वास्तवमा यो एकदमै आयामिक कोर्स हो । एमबीएबाट विद्यार्थीमा यस्तो दक्षता हासिल हुन्छ कि जसले उनीहरूलाई विभिन्न क्षेत्रमा अवसरको ढोका खुल्छ र आफैंले पनि अवसर सिर्जना गर्न सकिन्छ ।
खासमा यो भर्सटाइल कोर्स हो । व्यावसायिक जीवनमा सफलता हासिल गर्न मात्र होइन, अरू थुप्रै क्षेत्रमा यसको जरुरत छ । चाहे त्यो मेडिकल होस्, आईटी होस् या त वित्तीय क्षेत्रमा । हरेक क्षेत्रमा व्यवस्थापकीय दक्षता चाहिन्छ । खासगरी जो व्यक्ति व्यवस्थापकीय भूमिका रहेर काम गर्न चाहन्छन्, उनीहरूका लागि यो कोर्स अपरिहार्य नै छ ।
त्यसैले त हरेक क्षेत्रमा काम गरिरहेका, उद्यम–व्यवसाय गरिरहेका, जागिर खाइरहेकाहरू पनि एमबीए अध्ययनका लागि आउने गर्छन् । त्यसैअनुसार एमबीए अध्ययन गर्न चाहनेहरूको लक्ष्य र रुचि पनि फरक–फरक हुन्छ । कतिपय विद्यार्थी रिसर्चमा रुचि राख्छन् भने कतिपय उद्यमशीलतामा ।
आफ्नो करिअर निर्माणका लागि एउटा बलियो जग हो, एमबीए । त्यसबाहेक यसले व्यक्तिगत व्यवस्थापनको दक्षता पनि दिलाउँछ । व्यक्तिगत, पारिवारिक जीवनलाई कुशलतापूर्वक व्यवस्थापन गर्न यो उपयोगी हुन्छ ।
एमबीए अध्ययनपछि रोजगारीको अवसर खुला हुन्छ भने आफैं उद्यमी बन्ने कुशलता पनि हासिल गर्न सक्छन् । त्यसैगरी आफ्नो पेसा–व्यवसायमा थप उन्नति गर्न सक्छन् । एमबीएअन्तर्गत मार्केटिङ, मानव संशाधन, प्रोजेक्ट म्यानेजमेन्ट, इन्फर्मेसन म्यानेजमेन्ट, कम्युनिकेसन, लिडरसिप म्यानेजमेन्ट, फाइनान्सजस्ता विषय पढ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?