ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

चौध संक्रमितलाई पोषण सामग्री

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

कपिलवस्तु, १६ मंसिर ।

३८ औं विश्व एड्स दिवशको अवसर पारेर कपिलवस्तुको तौलिहवामा १४ एचआईभी संक्रमितलाई स्वास्थ्य र पोषण सम्बन्धी जानकारी तथा पोषण सामाग्री वितरण गरिएको छ ।

जिल्लाको कपिलवस्तु अस्पताल र महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एआरटी सेन्टरमा एआरभी (एन्टीरेट्रो भाईरल) को सेवा लिदै आएका ६ सय २२ संक्रमित मध्ये भाइरल लोड बढी भएका १४ संक्रमितको पोषणमा सुधार ल्याउन सो सहयोग गरिएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तु र एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) र कपिलवस्तु अस्पतालको सहकार्यमा संक्रमितलाई सो सहयोग प्रदान गरिएको कपिलवस्तु अस्पतालमा रहेको एआरटी सेन्टरमा एएचएफबाट खटिएकी परामर्शदाता कुसुम थापाले जानकारी दिइन् ।

एआरटी सेन्टरमा संक्रमितलाई दिइने एआरभी (एन्टीरेट्रो भाइरल) औषधीले संक्रमितको शरीरमा रहेको एचआईभीको भाइरल लोड कम गर्ने काम गर्दछ । जसका कारण संक्रमितले अरुलाई संक्रमण सार्न सक्ने सम्भाव्यता घटाउने काम गर्दछ । त्यसैगरी एआरभीका कारण शरीरमा सिडीफोर सेलको संख्यामा बृद्धि आई रोगसँग लड्न सक्ने क्षमतामा सुधार आउँदै जान्छ ।

एआरभी सेवा लिदै आएका मध्ये शरीरमा भाइरल लोड १ हजार बढी भएका १४ जना संक्रमितहरुको पोषणमा सुधार ल्याउन अण्डा, चना, दाल, सुजी, तेल लगायत सामग्री हस्तान्तरण गरिएको हो । कपिलवस्तु अस्पतालका मेसु डाक्टर राजेन्द्र खत्री, गैसस महासंघ जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, कपिलवस्तु अस्पतालका एचआईभी फोकलपर्सन डाक्टर मुकेश चौधरी, एआरटी सेन्टरका परामर्शदाताहरु कुसुम थापा र जरिना खान, नवजिवन संस्थाकी प्रेरणा विष्ठ लगायतले संक्रमितलाई पोषणयुक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै कपिलवस्तु अस्पतालका मेसु डाक्टर राजेन्द्र खत्रीले एचआईभीको संक्रमण नियन्त्रण गर्न योजना, पुर्व तयारी र सचेतना आवश्यक रहेको बताए । पहिलो समय संक्रमित पत्ता लाग्ने दर नियन्त्रित अवस्थामा देखिए पनि सन २०३० सम्म संक्रमण पत्ता लाग्ने दरलाई शुन्यमा पुर्याउने लक्ष्य अनुसार अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । “अवरोधहरु पार गरौं, एड्स प्रतिकार्य रुपान्तरण गरौं” भन्ने नाराका साथ यस बर्ष ३८ औं विश्व एड्स दिवश मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?