© २०२३
लमही, १ भदौ ।
लमही नगरपालिका वडा नम्बर–४ अर्नगवा बस्ने२४ बर्षीय सृजना कवर र सोही स्थान .बस्ने वर्ष २० कि कौशिला कुमालको घरवाट प्रहरीले लागुऔषध नियन्त्रणमा लिएको छ ।
निज श्रृजना कुँवरले लागु–औषध कारोबार तथा सेवन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिइको प्रहरी टोलीले कवरको घर खानतलासी गरेको प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।
श्रृजना कुवँरको कोठामा शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी सोही कोठाको र निजहरुको शरीर खानतलासी गर्दा उक्त कोठाको भित्तामा लुकाई छिपाई राखेको अवस्थामा हरियो प्लाष्टिकमा कालो धागोले बाँधी राखेको ब्राउन सुगर जस्तो देखिने २ पुडिया खैरो रंगको धुलो पदार्थ लागु –औषध ब्राउन सुगर फेला परेको थियो ।
खैरो रंगको धुलो पदार्थ प्लाष्टिक सहितको तौल २८० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा १३० मिलिग्राम फेला पारी निज दुबै जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालयमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लागू औषधको ट्रान्जिट एरिया जस्तै बनेको लमहीमा प्रहरीले दिनहु जसो छापा मार्ने र अभियुक्त पक्राउ गर्ने गरेको छ । त्यसैगरी गएराती गढवा गाउपालिका गोबरडिया एक जनालाई डरुवा बन्दुक सहित प्रकाउ गरिएको छ । गढवा–३ सुपैला खोला स्थित प्रहरी चौकी गोबरडियाबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा सोही वडाका भैँसीकुटी बस्ने चुन्नु भन्ने राजाबाबु बुढामगरले बोरामा वेरी १ नाले भरुवा बन्दुक लिई वन तर्फ जाँदै गरेको पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।