ट्रेंडिंग:

>> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ?

प्युठानका २९ प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँचमा

१ भाद्र २०८१, शनिबार
१ भाद्र २०८१, शनिबार

प्युठान, ०१ भाद्र ।
प्युठानमा कुल जनसङ्ख्याको २९ प्रतिशत मात्र स्वास्थ्य बीमामा सहभागी भएका छन् । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बीमाको महत्व नबुझेका कारण स्वास्थ्य बीमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो ।


स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय प्युठानका दर्ता अधिकारी जेद बहादुर घर्तिमगरले प्युठानमा हालसम्म ६८ हजार ८३५ जनाले स्वास्थ्य बीमा गराएको जानकारी दिए । राष्ट्रिय जनगणना, २०७८ अनुसार प्युठानमा कुल जनसङ्ख्या दुई लाख ३२ हजार १९ रहेको छ । यो अनुसार जिल्लामा ७० दशमलव ३४ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमाको पहुँच बाहिर रहेको पाइएको हो ।

प्युठानमा २०७५ सालदेखि स्वास्थ्य बीमा लागु भएको हो । शुरु देखि नै जिल्ला अस्पताल बिजुवार, खलंगा प्राथमिक स्वास्थ्य केन्द्र र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराए बीमा सुविधा लिन सकिने स्वास्थ्य संस्था तोकिएको हो ।

सम्पर्क कार्यालयका अनुसार जिल्लामा सरुमारानी र ऐरावती गाउँपालिकाका नागरिकहरू बढी मात्रामा स्वास्थ्य बीमाको पहुँच बाहिर रहेको पाइएको हो । सम्पर्क कार्यालयको तथ्याङ्क अनुसार सरुमारानी गाउँपालिकामा १२ दशमलव ८० प्रतिशत मात्रै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका हुन् । ऐरावती गाउँपालिकामा १४ दशमलव ५८ प्रतिशत जनसङ्ख्या बीमामा सहभागी छन् ।

आ.व. २०८०/०८१ मा सहभागी मध्ये जिल्लाका २०० महिला स्वास्थ्य स्वयंसेविकाले ५० प्रतिशत छुट, आठ हजार २ सय ४७ जना जेष्ठ नागरिक, ७७ जना एचआइभी सङ्क्रमित, एक सय ६० जना क वर्गका अपाङ्गता भएका र १ जना कुष्ठरोग पीडितले निःशुल्क स्वास्थ्य बीमा सेवा पाएका छन् । सरकारले जेष्ठनागरिक, एचआइभी सङ्क्रमित, क वर्गका अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी र घातक खालको टिबी रोगीलाई निःशुल्क स्वास्थ्य बिमा सुविधामा सहभागि हुने नीति ल्याएको छ ।

बीमामा सहभागी अधिकांशले बीमा सुविधा प्रति असन्तुष्टि देखाउँदै आएका छन् । बीमा लागु हुने स्वास्थ्य संस्थामा औषधिहरू नमिल्ने र व्यक्तिगत खर्चबाट खरिद गर्नु पर्ने नागरिक बाध्य छन् । अस्पतालमा स्वास्थ्य बीमा बापत मिल्ने सुविधाहरू प्रभावकारी रूपमा नपाइएको स्वास्थ्य बीमामा सहभागी प्युठान नगरपालिका–६ का मधुसुदन पोख्रेलले बताए । ‘वार्षिक बीमा शुल्क तिरेपछि सर्त अनुसारको सुबिधा पाइएन’ पोख्रेलले भने,‘ निःशूल्क उपचारको अपेक्षा अनुसार सेवा नदिदा दोहोरो मारमा परेका छौं ।’ प्युठान अस्पतालमा फार्मेशी सेवा सञ्चालन भएपनि निजी फार्मेशीबाट औषधीहरू खरिद गर्नु पर्दा बीमाबाट भुक्तानी नहुँने हुँदा मारमा परेको उनको भनाइ छ ।

प्युठान अस्पतालबाट आ.व. २०८०/०८१ मा बाईस हजार ९ सयले स्वास्थ्य बीमा मार्फत सेवा प्राप्त गरेको सूचना अधिकारी विजय चन्दले जानकारी दिए ।
जिल्लाभर ५८ बिमा दर्ता सहयोगीमार्फत काम भइरहेको छ । स्वास्थ्य बिमाप्रति नागरिकलाई प्रेरित गर्ने काम भने कमै भएको पाइन्छ । बीमा गरेका नागरिकले प्रभावकारी सेवा सुबिधा नपाएको गुनासो दर्ता सहयोगी गुनासो गरेपनि त्यसको सुनुवाइ नुहँदा जिल्लामा स्वास्थ्य बीमा प्रति नागरिकको आकर्षण बढ्न सकेको छैन् । झन्झटिलो प्रक्रिया नागरिकको धारणा छ । त्यसैगरी बीमा बोर्ड तथा स्वास्थ्य बीमा प्रदायकले जनचेतनामा वृद्धि र बीमाको महत्व बुझाउन सके सबै नागरिक स्वास्थ्य बीमाको पहुँचमा आउन सक्ने जानकारहरूको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission