© २०२३
बुटवल, ३२ साउन । पत्रकार घनश्याम खडकाद्धारा लिखित गैर आख्यान पुस्तक ‘आनन्द संहिता’को बिहीबार बुद्ध जन्मस्थल लुम्बिनीमा विमोचन गरिएको छ । कार्यक्रममा बुद्ध गुरु स्याल्पा तेन्जिङ रिम्पोछेले पुस्तकको विमोचन गरेका थिए । बुद्ध दर्शनमा आधारित पुस्तक भएकाले बुद्ध जन्मस्थल लुम्बिनीमा आएर विमोचन गरिएको प्रकाशक संस्थाले जनाएको छ ।
बुद्धका संदेशमा आधारित रहेर शान्ती, कल्याण, करुणाका माध्यमबाट दुःखमुक्त भएर कसरी आनन्द प्राप्त गर्न सकिन्छ भन्ने ज्ञान पुस्तकबाट प्रँप्त गर्न सकिने विमोचनमा सहभागी वक्ताले बताए । लुम्बिनी बौद्ध विश्व विद्यालयकी सह प्राध्यापक डा. शारदा पौडेलले १८ अध्याय रहेको पुस्तक दार्शनिक र आध्यात्मिक रहेको बताइन । ‘पुस्तकमा दुःखसंगै आनन्द कसरी प्रँप्त गर्न सकिन्छ भन्ने बाटो देखाउन सफल भएको छ ।’ उनले भनिन ।
लुम्बिनी बौद्ध विश्व विद्यँलयका रजिष्ट्रार डा. तिलकराम आचार्यले पुस्तकमा बुद्धले बताएका कुरालाई लेखकले विभिन्न ढंगले ब्याख्या गरेको बताए । पुस्तकलाई जतिसक्दो धेरै बजारमा पु¥याएर बुद्धका बिचार सर्वसाधारणलाई बुझाउन सकिने उनको भनाई थियो । बुद्ध साहित्यमा धेरै कुरा लेख्न बा“की रहेको उनले बताए । ‘बुद्ध दर्शनबारे नेपाली भाषामा लेखिएका पुस्तक पाउन मुश्किल छ,’उनले भने । आगामी दिनमा बुद्ध दर्शनमा पुस्तक लेखनका लागि विश्वविद्यालयसित सहकार्य गर्न सकिने उनले बताए ।
कार्यक्रमका वक्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गैर आख्यान मार्फत बुद्धसित सम्बन्धित रहेर जबरजस्त दार्शनिक धारको उदय भएको प्रतिक्रिया दिए । खडकाद्धारा लिखित पुस्तकमा सरलता भएकाले कठिन मानिसलाई पनि बुद्ध दर्शन बुझाउन सक्ने उनले बताए । पुस्तकमा प्रश्न रहेको र त्यसस“गैं जवाफ पनि समेटिएको परियारले बताए ।
पुस्तक विमोचन गर्दै बुद्ध गुरु स्याल्पा तेन्जिङ रिम्पोछेले जीवनमा स्पष्टता कायम गर्न नसक्दा मानिस विभिन्न झमेलामा रुमल्लिने गरेको बताए । ‘जीवनमा स्पष्टता प्राप्तीकालागि खड्काको पुस्तक साथीका रुपमा आएको छ,’उनले भने, ‘पुस्तकमा लेखिएका कुराले लेखकको विषयवस्तु प्रतिको गम्भिरतालाई पुष्टी गर्छन ।’ आनन्द प्राप्तीका लागि मानिसले आफ्नो सामुन्ने आइपर्ने सबैं चुनौंतीलाई हल गर्न सक्नुपर्ने रिम्पोछेले बताए ।
लेखक खडकाले पुस्तक लेखनको सन्दर्भ र बुद्धप्रतिको आफ्नो लगावलाई प्रष्ट पारेका थिए । बुद्ध आफ्नो प्रेरणा र प्रेम भएका कारण बुद्ध मुर्तिको सामुन्ने भएपनि लुम्बिनीमै पुस्तक विमोचन गर्ने सोचले आफू आएको उनले बताए । ‘संसारका मानिस लुम्बिनीमा एक पल बिताउन आउछन,’खडकाले भने, ‘म किन नजाने भनेर आएको हु“, बुद्ध मेरा लागि प्रेरणा र प्रेम हुन, बुद्ध भनेको बुझाईको स्थिती हो, त्यो जोमा पनि हुनसक्छ ।’ मनमा उठने छालहरुलाई शान्त पार्ने तत्व बुद्ध दर्शन भएकाले लुम्बिनीप्रति आफ्नो लगाव रहेको बताए । खडकाको यसअघि निर्वाण उपन्यास प्रकाशित भइसकेको छ ।