ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

दीप बोर्डिङका चालक तथा सहचालकलाई ट्राफिक सचेतना

३१ श्रावण २०८१, बिहीबार
३१ श्रावण २०८१, बिहीबार

बुटवल, ३१ साउन ।

बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुल (विद्यालय) मा ट्राफिक सचेतना कार्यक्रम भएको छ । विद्यालयले आफ्ना सवारी हाँक्ने चालक तथा सह–चालकहरुलाई ट्राफिक नियमबारे जानकारी गराउनेृ उद्देश्यले एक दिने ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।

दिनप्रतिदिन सडक दुर्घटनामा वृद्धि हुँदै आएको अवस्थामा आफ्नो विद्यालयका साना–ठुला सवारी हाँक्ने चालक तथा सहचालकहरुलाई पछिल्लो डिजिटल प्रविधिसँगै आएको ट्राफिक नियमबारे जानकारी गराइएको विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए ।

सवारी दुर्घटना कुनैपनि समयमा कुनै पनि बेला जस्तोसुकै परिस्थितिमा हुन सक्ने भएकाले बढ्दो सवारी चाप र तिब्र गतिका कारण हुने दुर्घटनाबाट आफ्ना सवारीलाई जोगाउन विद्यालयले चालक तथा सहचालकहरुलाई पछिल्लो ट्राफिक नियमका बारेमा अपडेट गराएको प्राचार्य न्यौपानेले बताए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले पछिल्लो समय ट्राफिक नियम उल्लंघन गरेकै कारण धेरै सवारी दुर्घटनामा पर्ने गरेको उल्लेख गर्दै ट्राफिक नियमको पालना गरेमा मात्रै दुर्घटनाको सिकार कोही पनि हुन नपर्ने बताए । उनले विद्यालयका चालक तथा सहचालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराउँदै सडक, सवारी र चालकका कारण नै सवारी दुर्घटना हुने बताए । उनले ट्राफिक नियमको उलंघन गरे हुने दुर्घटनाको अवस्था र कानुनी सजायका बारेमा पनि जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यालयका उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य लगायतले अहिलेको अवस्थामा सडक दुर्घटनाबाट जोगिन ट्राफिक नियमको पालना गर्नु बाहेकको विकल्प नभएको बताए । विद्यालयका कर्मचारी संयोजक सुरेन्द्र अधिकारीको संयोजनमा भएको कार्यक्रममा विद्यालयका साना तथा ठुृला सवारी हाक्ने दुई दर्जन चालक तथा सहचालकहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?