ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

प्रगतिनगर खानेपानीले बुटवल उपमहानगरविरुद्ध सर्वोच्चमा हालेको रिट खारेज

३१ श्रावण २०८१, बिहीबार
३१ श्रावण २०८१, बिहीबार

बुटवल ।

बुटवल ११ को प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले बुटवल उपमहानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले दायर गरेको रिट खारेज गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले बुटवल ११ को प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जितबहादुर मल्लले दायर गरेको रिट प्रथम चरणमै खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।

मल्लले बुटवल उपमहानगरपालिकाले बनाएको जलश्रोत (उपयोग) सम्बन्धी ऐन २०८० बमोजिम खानेपानी सरसफाइ उपभोक्ता समितिको नवीकरणमा पहिला नया निकायमा दर्ता भएका संस्थाले नगरको ऐन बन्नुअघिदेखिको बिलम्ब शुल्क लिन नपाउने भन्ने दाबीसहित रिट दायर गरेका थिए। बुटवलले बनाएको ऐनबमोजिम बुटवल उपमहानगरपालिकामा सूचीकृत समेत नभएको सो संस्थाले नवीकरण शुल्क नतिर्ने भन्दै अदालत गएको थियो। अदालतले रिट खारेज गरेसँगै खानेपानी संस्थाहरुले नगरको ऐनबमोजिम दर्ता र नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था स्थापित भएको छ ।

बुटवल उपमहानगरपालिकाले गतवर्षको पुसमा राजपत्रमा प्रकाशित गरेको जलश्रोत उपयोग ऐन अनुसार विधान परिमार्जन गरी नगरमा सूचीकृत हुनुपर्ने भनेको छ। सो ऐनअनुसार ३३ प्रतिशत महिला रहने गरी उपभोक्ता समिति गठन गर्न सक्ने व्यवस्था छ। ऐनले नगरमा अधिकार प्राप्त हुनुभन्दा अघि २ वर्षको म्याद नाघेको भएमा नवीकरण शुल्कको दोब्बर जरिवाना र वार्षिक नवीकरण शुल्क लिएर नवीकरण गर्ने व्यवस्था गरेको छ।

यस्तै अन्य निकायमा दर्ता भइ सञ्चालन भइरहेका तर नवीकरण नभएका संस्थाहरुलाई पहिलोपटकका लागि जतिसुकै म्याद गुज्रेको भएपनि नवीकरण गर्ने वर्षभन्दा एक वर्षअघिसम्मको वर्षका लागि ७५ प्रतिशत छुट गरी नवीकरण गर्ने व्यवस्था ऐनमा छ।

बुटवल भित्र खानेपानीका लागि बोरिङ वा मुहानबाट पानी ल्याउनुपर्ने भएमा अनुमति लिनुपर्ने र शुल्कसम्बन्धी व्यवस्था नगरले तोकेको भन्दा बढी हुन नपाउने व्यवस्था ऐनमा गरिएको छ। तर सो संस्थाले ऐनबमोजिमको व्यवस्था पालना नगर्ने भन्दै अदालतमा गएकोमा अदालतले प्रथम चरणमै रिट खारेज गरिदिएको हो। अदालतको उक्त आदेशबाट नगर क्षेत्रभित्र सञ्चालनमा रहेका वा सञ्चालन हुने जलश्रोत उपयोग गर्ने संघ संस्था वा व्यक्तिले स्थानीय तहले बनाएको ऐन नियम तथा नियमनका क्रममा दिएको निर्देशनको पालना गर्नुपर्ने कुरालाई थप पुष्टि गरेको बुटवल उपमहानगरपालिकाका कानुन विज्ञ घनश्याम पन्तले जनाए।

लामो समयदेखि बिधानविपरित सञ्चालन भैरहेको सो संस्थाले सार्वजनिक जग्गा हडप्न खोजेको भन्दै बुटवल उपमहानगरपालिकाले रोकेको थियो। सो संस्थाले २०६४ सालयता साधारणसभा र अधिवेशन नगरी संस्था बिधान विपरित चलिरहेको स्थानीय उपभोक्ताको दावी छ ।

विधान अनुसार प्रत्येक वर्ष साधारण सभा गरी संस्थाको आयव्यय सार्वजनिक गर्नुपर्ने र २–२ वर्षमा अधिवेशन गर्नुपर्ने भएपनि संस्थागत अनुशासन पालना नगरेपछि स्थानीयले विरोध गर्दै साधारण सभा र अधिवेशन गर्न माग गर्दै आएका छन् ।

नेपालको संविधान २०७२ पछि बनेको स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम पारित भएको बुटवल उपमहानगरपालिका जलस्रोत उपयोग ऐन, २०८० लाईसमेत वेवास्ता गरी मनोमानी गरिएकोमा उपभोक्ताले असन्तुष्टि जनाउँदै आएका छन् । २ हजार ६ सय ४५ घरधुरी उपभोक्ता रहेको सो समितिको स्थापना २०६२ सालमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?