ट्रेंडिंग:

>> नेपाल राष्ट्र बैंक नेतृत्वविहीन, गभर्नरको नियुक्ति प्रक्रियामा ढिलाइ >> सुकेटार विमानस्थलमा हवाई सेवा पुनः सुरु >> अफगानिस्तानले नेपाललाई १६९ रनको लक्ष्य दियो >> कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न व्यवस्थित सहरी नीति बनाउनुपर्छः भीम आचार्य >> गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी >> पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्वः राष्ट्रपति पौडेल >> सिचाई पुर्यान निर्माणको काम तीव्रता >> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन्

गुल्मीमा ९३ प्रतिशतमा धान रोपाइँ

३१ श्रावण २०८१, बिहीबार
३१ श्रावण २०८१, बिहीबार

गुल्मी, ३१ साउन ।
गुल्मीमा धान रोपाइँ सकिएको छ । जिल्लामा यसपटक ९३ प्रतिशत क्षेत्रफलमा धान रोपाईँ भएको छ । समयमै पानी परेपछि किसानहरूले बेलैमा धान रोपाइँको काम सम्पन्न गरेका हुन । टारी खेतहरूमा पनि यस पटक पानी प्रशस्त भएका कारण धान रोप्नका लागि आकाशे पानीको भरपर्नु परेन ।
गुल्मीमा जेठको दोश्रो सातादेखि साउनको अन्तिम सातासम्म धान रोपाइँ हुने गर्दछ । धान रोपाइँपछि यहाँका खेतका फाँटहरू हरियो र रसिलो देखिन थालेका छन् । अधिकाँस कृषकहरू खेतमा रोपेको मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन ।

जिल्लामा सात हजार चार सय २८ हेक्टर क्षेत्रफलमा यस पटक धान रोपाइँ गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार कुल आठ हजार छ सय हेक्टर क्षेत्रफलमध्य सात हजार नौ सय ८८ हेक्टरमा धान रोपाइँहुने अनुमान गरिएको थियो । तर यस पटक अनुमान गरे भन्दा पाँच सय ६० हेक्टर धान रोपाइँको क्षेत्रफल घटेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
गत वर्षको तुलनामा यस पटक धान रोपाइँको प्रतिशत बढे पनि धान उत्पादनको क्षेत्रफल भने घटेको बताईएको छ । धान रोपाइँको क्षेत्रफल घट्नुमा जनशक्तिको अभाव, बढ्दो बसाईसराई, जोत्नकालागि गोरुको अभाव, महँगो ज्याला र गाउँमा ज्याला मजदुरी गर्नेहरूको कमी लगायत रहेको कृषि ज्ञान केन्द्र प्रमुख भण्डारीले बताएका छन् ।

जिल्लाको कुल धान उत्पादन हुने क्षेत्रफल मध्य गत वर्ष ९० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा जिल्लामा यस वर्ष समयमा वर्षा शुरु भएसँगै किसानहरू दुइ महिना धान रोपाइँमा व्यस्त बने । समयमै पानी परेपछि यस पटक सिँचाईको खासै समस्या नपरेको किसानहरूले बताएका छन ।

जिल्लामा धान उत्पादन हुने मुख्य स्थानहरूमा बडिगाड, चौरासी, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ, शान्तिपुर, मजुवा, खैरेनी लगायतका फाँटहरू रहेका छन । यी फाँटहरू सबै भन्दा बढी धान उत्पादनहुने क्षेत्रमा पर्दछन । गुल्मीमा बर्खे र चैते गरि दुई पटक धान रोपाइँ गरिदै आएको छ । धान यस जिल्लामा मकैपछि दोश्रो प्रमुख खाद्यान्न बाली मानिन्छ । गुल्मीमा गत वर्ष २३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%