ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

‘मेयरले बजेटमा विभेद गरे’

३१ श्रावण २०८१, बिहीबार
३१ श्रावण २०८१, बिहीबार

लमही, ३१ साउन ।
लमही नगरपालिका वडा नम्बर–५ वडा अध्यक्ष ओम प्रसाद सुबेदीले नगरपालिका मेयर, उपमेयरले बिभेदपूर्ण रूपमा बजेट बिनियोजन गरेको भन्दै गुनासो गरेका छन् । उनले मेयर जोगराज चौधरी र उपमेयर लक्ष्मी योगीले आबश्यता, प्राथमिकताका आधारमा नभै आफूहरूको अनकुलताका आधार बजेट बिनियोजन गरेको बताए । बुधबार सुबेदीले आफ्नो कार्यकक्षमै पत्रकार सम्मेलन गरि यस्तो बताए ।
नगरपालिकाको बजेट सहित सहयोगी संस्थाहरूबाट आउने बजेट समेतमा आफूहरूलाई छलफलमै नबोलाइ गैर आफू निकट ब्यक्तिहरू राखेर बजेट बिनियोज गर्ने गरेको बताए ।शहरी बिकाश मन्त्रालयबाट शहरीय बिकाश पूर्वाधार अन्तर्गत आएको ७ करोड १३ लाख रूपैयाँ मेयर, उपमेयर, प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी र केही गैर ब्यक्तिको सहभागीतामा बन्द कोठामा बसेर अनकुल पर्ने स्थानमा सो बजेट बिनियोजन भएको उनले बताए ।लमही–५ बजार क्षेत्र हो ।

जनघनत्वको आधारमा नगरपालिकाकै एक तिहाई जनसंख्या वडा नम्बर ५ मा रहेको छ । शहरी बिकाश पूर्वाधार निर्माणका लागि आएको बजेट सो बजेट बजार भन्दा पनि मेयर, उपमेयरको अनकुलको बजार बाहिरका योजना छनौट भएको केहि सिमित बजारका योजना छनौट गर्दा बैठकमा जानाकारी समेत नभएको सुवेदीले बताए । लमही नगरपालिका कार्यकारी अधिकृत प्रकाश देबकोटाले उक्त बजेट समुदाय बिकास कार्यक्रम अन्तर्गत आएको बताउँदै प्रतिनिधि सभासदस्य चौधरीको पहलमा बजेट आएको र उनकै सहभागितामा बजार लगायत आबश्यकताका आधारमा अन्य वडाहरूमा बिनियोजन गरिएको बताए ।
सो बजेट अन्तर्गत हाटबजार पूर्वाधार निर्माण, सार्वजनिक शौचालय निर्माण, सामुदायिक बसपार्क सुधार, पार्क, सडक पूर्वाधार निर्माण, ढल निर्माण, फोहोर ब्यबस्थापन, नाली निर्माण श्रममुलक काममा खर्च बिनियोजन गरीनु पर्ने देबकोटाले बताए ।उनले लमहीमा पनि केही बजेट छुट्टाएको बताए ।

जस अन्तरगत हटबजारका लागि १ करोड, डिजिटल पुस्तकालयका लागि १ करोड र केही अस्पतालका लागि छुट्टाउने काम भएको बताए । अन्य बजेट अन्य वडाहरूमा बिनियोजन हुने क्रमजारी रहेको बताए । यता वडा नम्बर ५ का वडा अध्यक्ष सुवेदी भने उक्त बजेट बजार भन्दा अन्यन्त्र आफ्नो अनकुलका लागि लगेको बताए । उनले वडा नम्बर ५ ले पालिकाको कुल राजस्व मध्ये ५० प्रतिशत संकलन गरे पनि आबश्यकता र योगदानको आधारमा र जनघनत्वको आधार भन्दा अन्य वडा सरह बजेट बिनियोजन गरिँदै आएको भन्दै गुनासो गरे ।

सुवेदी लमही नगरपालिका प्रतिनिधित्व गर्ने ४७ जना मध्ये ४६ जना नेपाली कांग्रेस र एक जना नेकपा माओवादी केन्द्र पार्टीका प्रतिनिधि हुन ।उनले आफू फरक बिचारधारा भएकै कारण कुनै पनि बिषयगत समितिको संयोजकमा नराखिएको सदस्य रहे पनि आफ्नो सुझाव नसुनिएको भन्दै सदस्यवाट समेत राजीनामा दिएको बताए । त्यति मात्र होइन नेपालकै दोस्रो धनी लमही नगर बिकास समिति वडा नम्ब५ मा रहे पनि समितिको सदस्य समेत नराखिएको बताए । उनले लमहीमा ढल निकास, फोहोर ब्यबस्थापन देखि लमही कोइलाबास सडक अन्तर्गत हटाउन लागेका संरचना ब्यबस्थापनका लागि बजेट नभएको बताए बताउँदै उक्त शहरी बिकश मन्त्रालयबाट आएको बजेट पारेको भए सहज हुने बताउँछन् । उनले मेयर उपमेयरका लागि बिनियोजन गरिँदै आएको लाखौं बजेट लमहीमा कुनै योजना खर्च नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?