ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

बीटीआईलाई इन्जिनियरिङ कलेज बनाउनेबारे छलफल

३० श्रावण २०८१, बुधबार
३० श्रावण २०८१, बुधबार

बुटवल ।

बुटवलमा रहेको बुटवल टेक्निकल कलेज बिटिआईलाई इन्जिनियरिङ कलेजका रुपमा सञ्चालन गर्नेबारे छलफल भएको छ।

काठमाडौँ विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालन गर्नेबारे प्रारम्भिक चरणको छलफलले कानुनी र व्यवहारिक पाटोका बारेमा थप अध्ययन र छलफल गर्ने निर्णय गरेको छ।

मंगलबार अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व मन्त्री हरि पाण्डेय, काठमाडौँ विश्वविद्यालय उपकुलपति डा. भोला थापा, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहितको टोलीले छलफल गरी बाँकी विषयमा अध्ययन गर्ने निर्णय गरेको हो।

बिटिआईलाई काठमाडौँ विश्वविद्यालयको इन्जिनियरिङ तर्फको आङ्गिक क्याम्पस बनाउने गरी छलफल भएको बिटिआईका अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

पाण्डेयले बुटवल उपमहानगरपालिकाले लामो समयदेखि नै बीटीआइलाई नयाँ मोडलमा सञ्चालन गर्नुपर्ने विषयमा छलफल गर्दै पहल थालेको र पहिलो पटक दुईतर्फी छलफल भएको र छलफलबाट आफू उत्साहित भएको बताए।

उनले अहिले नै सबै निर्णय नभएपनि यसका कानुनी र प्राविधिक पाटोका बारेमा अध्ययन गरेर बीटीआइलाई दिगो बनाउने र यसको पहिचान स्थापित रहिरहने गरी कलेजका रुपमा सञ्चालन गर्नेमा साझा बुझाइ रहेको बताए।

’काठमाडौँ विश्वविद्यालय उपकुलपति डा. भोला थापा आङ्गिक क्याम्पसको रूपमा बिटिआईलाई दिन सकारात्मक हुनुहुन्छ, उनले भने–हामीले यसको कानुनी र प्राविधिक पाटोमा थप अध्ययन गरेर अरु काम टुंग्याउनेछौं।’

बुटवलको औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बीटीआइ नयाँ ढंगले सञ्चालन गर्न नसके यसको पहिचान मेटिनसक्ने जोखिम रहेकाले यसलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने उनले बताए। आंगिक क्याम्पसमा रुपमा सञ्चालन हुनसकेमा बुटवलमा शिक्षा र प्रविधिको क्षेत्रमा एक अध्याय थपिने आफूले विश्वास लिएको प्रमुख पाण्डेयले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?