© २०२३
दाङ,३० साउन ।
दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा गएराति करेत सर्पले टोक्दा ६ बर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पले टोकेपछि अस्पताल लैजानुको सट्टामा गाउँमा गुरुवाको भर परेर झारफुक गर्दा ६ बर्षीय बालिकको मृत्युको प्रहरीले जानकारी दिनुभएको छ । उनका अनुसार सर्पको टोकाईबाट गम्भीर घाइते बालिकाकी आमा २५ वर्षकी आश्मा चौधरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घोराहीमा उपचार भैरहेको छ ।।