ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरण

३० श्रावण २०८१, बुधबार
३० श्रावण २०८१, बुधबार

देवदह ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं. २ ढेकावर स्थित केरवानी स्वास्थ्य चौकीको आयोजनामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी सरोकारवाहरुलाई अभिमुखिकरण तथा सामुदायिक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य संस्थाको कार्यक्षत्र भित्र रहेका सम्पूर्ण किशोरकिशोरी, अभिभावक, शिक्षक ÷शिक्षिका, जनप्रतिनिधि लगायत सरोकारवालाहरुलाई किशोरकिशोरीले पाउने सेवाको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

केरवानी स्वास्थ्य चौकीमा उपलब्ध रहेको किशोरकिशोरी मैत्री सेवाको समुदायस्तरसम्म जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीले जानकारी दिए ।

देवदह नगरपालिकाको पहिलो किशोरकिशोरी मैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्थाको रुपमा प्रमाणिकरण तथा घोषणा भइसकेको अवस्थामा किशोरकिशोरीको शारीरिक, मानसिक, यौनिक समस्याका बारेमा अभिभावकहरुलाई जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रमको सहजिकरण गर्दै जनस्वास्थ्य निरिक्षक काशीराम रेग्मीले किशोरकिशोरी अवस्थामा समस्याको पहिचान गर्न नसक्दा र किशोरकिशोरीहरुले आफ्नो समस्या बताउन नसक्दा विभिन्न घटना घट्ने बताउंदै त्यसतर्फ सबै चनाखो हुनु आवश्यक रहेको औंल्याए ।

किशोरकिशोरीले आफ्ना समस्याहरु सम्बन्धित ठाउंमा राख्न र त्यसको समाधान खोज्नेगरी आवश्यक सम्पुर्ण मापदण्डहरु पुरा गरी केरवानी स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको बताए । उनले किशोरकिशोरीहरुको समस्या पहिचान गरे समाधान खोज्न सकिने बताउंदै किशोरकिशोरीहरुमा विभिन्न शारीरिक, मानसिक, यौनिक तथा भावनात्मक परिवर्तन हुने र सो परिवर्तनहरु नै उनीहरुको चासो, चिन्ता र आवश्यकताको विषय रहेकोले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेत गराउनु आवश्यक रहेको पनि उनले औल्याए ।

सोही अवसरमा प्रमुख रेग्मीले किशोरकिशोरीहरुको अधिकारहरु, नेपालको मुलुकी अपराध संहिता ऐनमा उल्लेख भएको विवाहको उमेर तथा बालविवाह सम्बन्धी कानुन, राजस्वला, सुत्केरी तथा गर्भपतन सम्बन्धी कानुन लगायतका विषयमा समेत जानकारी प्रदान गरेका थिए ।

केरवानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा देवदह २ का वडाध्यक्ष दल बहादुर राकसकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी, टोलसुधार समितिका पदाधिकारी, अभिभावक, स्वास्थ्यकर्मी, महिला सामुमायिक स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सिनियर अहेव समिरा पौडेलले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?