ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

नेतृत्व विहीनको मौका छोपी खेलकूदको जग्गामा व्यावसायिक भवन

२८ श्रावण २०८१, सोमबार
२८ श्रावण २०८१, सोमबार

बुटवल, २८ साउन ।
हाटबजारमा रहेको रूपन्देही जिल्ला खेलकुद विकास समितिको जग्गामा व्यावसायिक भवन निर्माण भैरहेको छ । खेलप्रेमी, खेलाडीहरूको निरन्तर बिरोध भैरहँदा समेत भवन निर्माण भने रोकिएको छैन । समितिको मुख्य भवन छोडेर चारैतिर खाल्टो खन्ने, पिल्लर हाल्ने काम केही कामदारहरूले गरिरहेका छन् । १८ कोठे व्यावसायिक भवन कुन ठेकेदार र कस्ले बनाउँदै छ भन्ने बारे भने अनविज्ञता छ । सार्वजनिक काम गर्दा त्यसको जानकारी दिने प्रचलन र कानुन नै छ ।

खेल खेल्न आउने खेलाडी, स्वयंसेवी प्रशिक्षकहरू स्थान अभावको कारण खेल्न पाइरहेका छैनन् । ‘अब हामी कहाँ खेल्ने हो कुनै टुंगो छैन ।’— एक जना कराँतेका प्रशिक्षक मदन थापाले दुःखेसो गरे । करीब १६ कठ्ठा जग्गा रहेको समितिमा एउटा ईन्डोर हल, कार्यालय प्रमुखको कोठा एउटा, पदाधिकारी र सदस्य बस्ने हल छ । राखेपको प्रोजेक्टमा निर्माण भएको ट्रस लगाईएको खेल्ने ठाउँ बाहेक अब त्यहाँ ठाउँ अभाव छ । करीब दुई दर्जन खेल दर्ता रहेको रूपन्देहीमा अधिकांश खेलका प्रशिक्षक नै छैनन । कराँते, तेक्वान्दो, टेबलटेनिस, क्रिकेट खेलबाहेक अन्य खेलका प्रशिक्षक नै छैनन् । राष्ट्रिय खेल भलिबलका धेरै राष्ट्रिय खेलाडी उत्पादन गरेको जिल्लामा स्वयंसेवक प्रशिक्षकहरूले धानेको छ । यस्तोमा यी खेल विकास र पूर्वाधारमा जोड दिनुको साटो समिति अहिले व्यावसायिक भवन निर्माणको तयारीमा जुट्नु गलत भएको खेलाडीहरू बताउँछन ।

लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदा खेलकुद विकास परिषद लुम्बिनीमा नयाँ सदस्यसचिव तिरण गौतम मनोनित भए । सदस्य सचिव परिवर्तनसँगै १२ जिल्लाको खेलकुद विकास समितिमा नयाँ मनोनित नभएको बेला कर्मचारीहरू सलबलाएको खेलप्रेमीहरू बताउँछन । ‘नेतृत्व बिहीन हँदा कर्मचारीहरू लाभ लिन अग्रसर भएका छन ।’—एक जना खेलप्रेमीले भने ।
बुटवल उपमहानगरपालिकाका पूर्व जनप्रतिनिधि तथा खेलप्रेमी यम बराल खेलकुदको जग्गालाई दुरूपयोग भएको बताउँछन । पटकपटक यसबारे बुझ्न खोज्दा समेत कार्यालयका सचिव राजेन्द्र श्रेष्ठले सूचना नदिएको उनले गुनासो गरे ।
यता अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसी (कुमार) खेललाई नै जग्गा अभाव भएको बेला व्यावसायिक भवनको अवधारणा ल्याउनु गलत भएको बताउँछन । ‘यो खेलकुदको सम्पत्ति हो यसलाई इन्डोर स्पोटर्स खेल्ने प्रयोजनमा प्रयोग गर्नुपर्छ,’—उनले भने ।

मुख्य चोकको जग्गामा व्यावसायिक भवन बनाएर आर्थिक श्रोत जुटाउने लक्ष्य बोकेको कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ बताउँछन् । राखेपबाट स्वीकृतमा काम अघि बढेको भनिएपनि खेलाडी र खेलप्रेमीहरूको माग र आवश्यकता बिपरित भएको कामको तिब्र बिरोध भएको छ ।
कार्यालयको सचिव आफै ठेकेदार !

रूपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र थापा क्षेत्री (हरि) ले उपाध्यक्ष जय प्रसाद लाम्गादेलाई कार्यबाहक दिएको बेला राजनीतिक पहुँचका आधारमा ल्याइएको व्यवसायिक भवन शिलन्यास देखि नै बिबाद छ । व्यावसायिक भवनको काम अघि बढाउनु पछाडीको रहस्या आर्थिक लाभ नै देखिन्छ ।

१८ वटा व्यावसायिक भवन निर्माण अघि बढ्दा केही व्यवसायीहरूले भने अग्रिम भाडा तिरेको पाईएको छ । भवन कहिले हुने पत्तो नभएको बेला भाडा भने न्यूनतम ३ लाख रूपैयाँको दरले उठाउन शुरु भएको पाईएको छ । हिसाब हेर्दा १८ कोठाको व्यापारीसंग एडभान्स वापत लाखौ रूपैया उठाईएको छ । कालीलेक कन्सट्रक्सन प्रालि मध्यपुर ठिमी १ भक्तपुर ठेकेदार कम्पनीले केही सटरवालासंग गरेको सम्झौतापत्र र बंैक भौचर अनुसार खातावालाको नाम ईन्द्र बहादुर पुन र राजेन्द्र श्रेष्ठको संयुक्त नाममा खाता देखिएको छ । यता राजेन्द्र श्रेष्ठ कार्यालय सचिव समेत रहेको हुँदा उनको नाम ठेकेदार कम्पनीमा आउनुले आर्थिक हिनामिनाको संकेत गरेको छ । यस विषयमा बुझन खोज्दा सचिव श्रेष्ठ सम्पर्कमा आउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?