ट्रेंडिंग:

>> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

टाइगर प्यालेसका ६० कर्मचारीहरु पुनर्वहालीको माग गर्दै आन्दोलनमा

सिल्भर हेरिटेज र एसएचएल म्यानेजमेन्ट सर्भिसेजले ब्यवस्थापन लिएपनि पुराना कर्मचारीलाई हटाएको गुनासो
२० श्रावण २०८१, आईतवार
२० श्रावण २०८१, आईतवार

बुटवल, २० साउन ।

रुपन्देहीकै पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी सञ्चालनमा रहेको पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्टमा नयाँ ब्यवस्थापन आएसंगै विवाद बढेको छ । एक वर्षअघि नयाँ व्यवस्थापनमा सेवा शुरु गरेसंगै तिलोत्तमा नगरपालिकास्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टमा कहिले कर विवाद त कहिले कर्मचारी आन्दोलनका कारण विवाद सृजना भएका हुन् ।

गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीसहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्दै शुरुवातमा विरोध भएको थियो । अहिले आएर कर्मचारी पुनर्वहालीको माग गर्दै आन्दोलनले नयाँ रुप लिएको छ । नयाँ ब्यवस्थापनले श्रम ऐन विपरितको काम गर्दै कर्मचारीहरुलाई हटाएको भन्दै आइतबारदेखि धर्ना तथा विरोधका कार्यक्रम शुरु भएको छ । ‘होटल र क्यासिनोमा गरी करिब ४ सय कर्मचारीहरु बर्खास्त भएका छन्’—संयुक्त संघर्ष समितिका संयोजक चित्र भण्डारीले भने । श्रम ऐनको २०७४ को दफा १४ अनुसार स्वामित्व परिवर्तन भएपनि पुराना कर्मचारीलाई स्वतः पुनर्वहाली दिने वा स्थानान्तरण दिने भनिएको उनले बताए ।

यही ऐनलाई टेकेर अदालतले कर्मचारीहरु पक्षमा निर्णय समेत गरेको थियो । नयाँ ब्यवस्थापनका अध्यक्ष बुद्धि सुवेदीले कम्पनी खरिद भैसकेपछि पटकपटक वार्तामा बसेको उनले बताए ।

२०८० साल पुस १३ गते प्रतिष्ठान र श्रमिकबिच भएको १४ बुँदे सम्झौता कार्यान्वयनको माग राख्दै आफुहरु आन्दोलन गर्न बाध्य भएको उनले बताए । सम्झौताको पाँच नम्बर बुँदामा क्यासिनो तथा होटलको स्वामित्व परिवर्तन भएपनि यतास्थितिमा स्थानान्तरण हुने भनिएको उनले बताए ।

नया ब्यवस्थापनले त्यो बुँदा कार्यान्वयन गर्न नमानेपछि आफुहरु आन्दोलनमा उत्रनुपरेको उनले बताए । होटलले क्यासिनो र क्यासिनोले होटललाई देखाएर आलटाल गरेको उनले बताए । नयाँ व्यवस्थापनले यो सम्झौता थाहा पाएका छैन भन्नु गलत भएको उनले दुखेसो गरे । पुनर्वहाली हुनेलाई १ लाख ६५ हजार रुपैयाँ र छोड्नेलाई २ लाख ६६ हजार रुपैयाँ दिने गरी सम्झौतामा हस्ताक्षर भएको उनले दाबी गरे ।

वार्ताबाट निकास ननिस्कने भएपछि अब सडकमा आएको भन्दै अबको आन्दोलनलाई निरन्तरता दिने उनले बताए । पुरानो कम्पनी बन्द पनि भाएको छैन नयाँ दर्ता पनि भएको छैन ।

यता एस.एच.एल. म्यानेजमेन्ट सर्भिसेज प्रालि, ट्रेड युनियनका अध्यक्ष रोशन गुरुङले १४ बुँदे सम्झौता सम्बोधन भएपछि मात्र पर्यटन कार्यालयबाट लाईसेन्स प्राप्त हुने भनिएको भएपनि कम्पनीले झुट्टो प्रमाण कार्यालयमा पेश गरेको आरोप लगाए ।

‘पर्यटन कार्यालयबाट प्रि लाईसेन्स दिदा समेत गलत प्रमाण पेश भएको छ’— उनले भने । प्यालेसका अब ८५ जना पुनर्वहाली हुनुपर्नेमा ६० जनाको निर्णय नभएको उनले बताए । यसैगरी काठमाडौंमा २०९ जना यस्ता कर्मचारीहरु अन्यौलमा परेका छन् ।

ट्रेड युनियन रुपन्देहीका राम ढकालले नयाँ ब्यवस्थापन आदातलको निर्णय र श्रम ऐनलाई नै अस्वीकार गरेर दम्भ देखाएको भन्दै अब कानुनी पाटोबाट नै अघि बढ्ने बताए ।

अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो । कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दै गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?