ट्रेंडिंग:

>> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता

समय सान्दर्भिक मौद्रिक नीति : कार्यान्वयनमा भने चुनौती

१६ श्रावण २०८१, बुधबार
१६ श्रावण २०८१, बुधबार

नेपाल राष्ट्र बैंकले गत शुक्रवार एक कार्यक्रमबिच यस बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । २०५९÷६० देखि निरन्तर मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्रबैकले नियमित रुपमा यो नीति सार्वजनिक गरेको हो । यो नीतिमा मौद्रिक प्रणाली यो वर्षमा कस्तो रहने, कर्जा, बैंकदर, नीतिगत दर, निक्षेप संकलन, कर्जा प्रणाली, आर्थिक वृद्धि दर, मुद्रास्फीति, समग्र मौद्रिक प्रणाली बारे यसमा चित्रण गरिएको हुन्छ । कोभिडको कारण बिश्व अर्थतन्त्रमा परेको प्रभावका कारण थला परेको विश्व अर्थतन्त्र अन्य देशमा सही बाटोमा आउन लाग्दा नेपालमा भने ज्यूँका त्यूँ देखिन्छ ।

एकातिर स्थायी सरकार नहुनु र बिगतमा भएको कसिलो मौद्रिक नीतिका कारण नेपाली अर्थतन्त्रले राम्रो गति लिन सकेको देखिदैन । सरकारले राम्रो नियमन गर्न नसक्नु, सहजीकरण गर्न नसक्नुको कारण, थुप्रै उद्योगहरु बन्द छ्न । एकातिर कर्जा प्रणालीमा जटिलता र अर्कोतिर उत्पादित वस्तुमा सहजीकरण नहुनु, कर्जाको ब्याजदर बढी हुनु समस्यामा देखिएको थियो । लगानीको राम्रो वातावरण नबन्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको र ब्याजदर घटाउँदा समेत यथेष्ट मात्रामा कर्जा प्रभाव गर्न वित्तीय संस्थालाई कठिन भएको देखिएको थियो । जसको कारण वित्तीय संस्थाहरुले केही नाफा गुमाएको देख्न सकिन्छ ।

अघिल्लो केही वर्ष कसिलो रुपमा मौद्रिक नीति प्रस्तुत गरेको राष्ट्रबैकले यो वर्ष भने केही खकुलो नीति सार्वजनिक गर्यो । गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सकिन लाग्दा केही खुकुलो नीति सार्वजनिक गरेको पाइन्छ । अर्कोरुपमा बुझ्दा समयको माग र टिम आफू निकट हुँदा पनि यो नीति आएको पाउन सकिन्छ ।

गत शुक्रवार जारी मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदाय वृद्धिदर १२ प्रतिशत, निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशत, बैंक दर ६.५ प्रतिशत, निक्षेप संकलन ३ प्रतिशत, असल कर्जाको नोक्सानी १.१ प्रतिशत, आर्थिक वृद्धिदर ६ प्रतिशत, मुद्रास्फीति दर ५ प्रतिशत साथै मार्जिन प्रकृतिको सेयर धितो प्रवाह गर्ने कर्जामा विद्यमान २० करोडको सिमा खारेज । ड्राफ्ट ÷टि. टि.को माध्यमबाट वस्तु आयातमा सटही सिमा ५० हजार अमेरिकी डलर, असार मसान्तसम्म पाकेको ब्याज श्रावण मसान्तसम्म आम्दानीमा राख्न पाउने, निर्माण ब्यवसायीलाई भएको कर्जाको ब्याज तिर्ने अवधि मंसिर मसान्तसम्म थप गर्ने, अर्को ब्यवस्था नभएसम्म चेक अनादर भएको आदर पत्र कालोसूचीमा समावेश नगर्ने जस्तो केही खुकुलो मौद्रिक नीति राष्ट्रबैंकले जारी गर्यो । यो नीतिले लघुवित्तलाई पुँजी थपको नीति ल्याउँदा संस्था मजबुत हुने हुँदा केही सहज बनाएको पाइन्छ । निर्माण व्यवसायी र सेयर लगानी कर्तालाई पनि सहज बनाएको पाइन्छ । सेयर बजारले चाहे अनुसारको सकारात्मक मौद्रिक नीतिका कारण सेयर लगानीकर्तालाई उत्साहित बनाएको पाइन्छ । जसको कारण सेयर बजारमा केही उच्च अङ्क सम्म बढ्न सक्ने सेयरमा लगानी बढ््ने लगानीकर्ताको यसप्रतिको आकर्षण बढ्ने, सेयर बजारले गति लिने देखिन्छ ।

तर यस मौद्रिक नीतिमा कर्जाको ब्याजदर घटाउने प्रयास देखिएन । अर्थतन्त्र चलायमान वनाउन बजार सहज बनाउन उद्योग धन्दालाइ प्रोत्साहन गर्न कर्जाको ब्याजदरमा निकै कम हुनुपर्ने थियो । त्यो यसले सम्बोधन गर्न सकेन । कर्जाको ब्याज उच्च हुँदा कर्जा प्रवाह सहज नहुने देखिन्छ । वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप संकलन उच्च छ । जसको ब्याज दर पटक पटक घटाउँदा समेत बजार सहज नबन्दा र ब्यवसायीहरु ढुक्क बन्न नसक्दाको कारण कर्जा लगानी हुन सकेको छैन । ब्यवसायीहरु सहज वातावरण हेरी राखेका छ्न । त्यसकारण यो नीतिमा एकल अंकको कर्जा हुनुपर्नेमा त्यो देखिएन ।

अर्कोतर्फ निर्माण ब्यवासायी मैत्री वातावरण बन्दा ब्यवस्था अत्यन्त खुकुलो देखियो । यस नीति अनुसार खातामा पैसा नभए पनि चेक काट्ने प्रणाली हुने देखियो । कालो सुचीमा नपर्ने भएपछि यो प्रणाली अवश्य हुनेछ । अर्कोतर्फ ब्यवसायी मैत्री मौद्रिक नीति खुलेको देखिदैन ।

केही क्षेत्रमा खुलेको नीति केही क्षेत्रमा मौन छ । कृषि क्षेत्र र उद्योगी ब्यवसायीलाई प्रोत्साहन गर्न चलायमान बनाउन सहुलियत कर्जा हुनुपर्छ । अर्को कुरा स्थायित्व हुने खालको लगानी हुनेमा यो नीति खुलेन । आर्थिक वृद्धि दर उच्च राख्न स्थायित्व हुने खालको प्रतिफल आउने क्षेत्रमा लगानी हुनु जरुरी छ । अनुत्पादक क्षेत्रमा होइन । विगतमा भन्दा केही खुकुलो नीतिले केही सहज भने अवश्य देखिन्छ । समग्रमा मौद्रिक नीति केही सहज र देशले अपेक्षा गरे अनुसार छ । तर कार्यान्यनमा भने चुनौती देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?