ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन
रौतहट दलित बालिकामाथि सामूहिक बलात्कार काण्ड

लेनदेनको चलखेल हुदा ३ हप्तापछि प्रहरीमा मुद्या दर्ता

१३ श्रावण २०८१, आईतवार
१३ श्रावण २०८१, आईतवार

रौतहट । रौतहटको उत्तरीभेग गुजरा नगरपालिकाकी एक दलित बालिका माथी सामूहिक बलात्कार घटनाको विषय २२ दिनपछि बाहिरिएको छ । लामो रस्साकस्सी पछि प्रहरीकोमा मुद्दा दर्ता भएसंगै घटना बाहिरिएको हो । घटनाको ३ हप्तासम्म केही स्थानिय जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल भएको खुलेको छ । गुजारा नगरपालिकाकी उपमेयर रत्ना लामाको पहल र जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आरोपीहरु बिरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा गत ७ गते मुद्दा दर्ता भएको हो ।

आरोपीहरु गुजरा ४ कनकपुर गाउँका शेख जफीरको छोरा बर्ष २० को शेख ईञ्जमाम, शेख बाकलको छोरा बर्ष २१ को शेख मुस्ताक, र रामचन्द्र दास तत्माको छोरा बर्ष २५ को दीपेन्द्र कुमार दास बिरुद्द जबरजस्ती करणी लगायतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भएर आवश्यक कार्यवाही प्रक्रिया अगाडी बढाईनुका साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

घटना बिवरण अनुसार आरोपी मध्ये एकजनाले बालिकालाई बिभिन्न प्रलोभन दिई ललाईफकाई गत असार १५ गते दिउँसो कटहरिया २ कनकपुर जमुनिया गाउँ बीचको चौरमा लागेका थिए । जहा पहिलै देखि लुकेर वसेका अन्य दुई आरोपी सहित तीनैजनाले बलपूर्वक दलित बालिकालाई पालै पालो बलात्कार गरी मोबाईल फोनबाट भिडियो समेत बनाएका थिए ।

घटनाको बारेमा पीडित बालिकाले आफ्नो परिवारमा जानकारी गराए पछि स्थानिय निकायका केही जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरुले उसको परिवारमाथि दिएको दवाबको कारण घटना बाहिर आउन सकेन ।

भित्रभित्रै लेनदेनको भरमा सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउने चलखेल सुरु भएको थियो । पीडित परिवारमाथि दिएको बिभिन्न धाक धम्कीको कारण उनीहरू प्रहरी सामु पनि जानसकेका थिएनन् ।

घटनाको २० दिन पछि गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा घटना बारे जानकारी पाएर पीडितको घरमा पुगेर उनीहरू लाई हौसला दिंदै घटना बारे एसपी घिमिरेलाई जानकारी गराएकी थिइन् । लगत्तै एसपी घिमिरेको निर्देशनमा पीडित परिवारले पीडक बिरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दरखास्त दिएको थियो ।

जाहेरी संगै एसपी दिलीप घिमिरे, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वाती, ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्र मणि अधिकारी आफै फिल्डमा खटेर कानुनी कारवाही प्रक्रिया अगाडी बढाएको गुजराकी उपमेयर लामाले जानकारी दिएकी छिन् ।

एसपी घिमिरेले यस्तो जघन्य अपराधलाई लेनदेनको भरमा टुंगो लगाउने कार्य आफैमा अपराध भएको बताएका छन् । उनले यस्तो कार्य गर्ने जोसुकै भएपनि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन । आरोपी तीनैजना हाल फरार रहेकाले उनीहरूको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहट प्रहरी प्रमुखको रूपमा एसपी दिलीप घिमिरे आएदेखि तुलनात्मक रूपमा आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयहरूले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?