ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन

१३ श्रावण २०८१, आईतवार
१३ श्रावण २०८१, आईतवार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्धामा पाटन उच्च अदालतबाट सफाई पाएपछि अब यो सरकारवादी मुद्धा सर्वोच्चमा अपिल हुने क्रममा रहेको छ । यसैबीचमा मुद्धकी पिडित गौशाला- २६ ले शुक्रबार सरकारी वकिलको कार्यालयलाई एक हस्तलिखित निवेदन दिएर यो मुद्धा अब आफु लड्न नसक्ने र अगाडी नबढाउन आग्रह गरेपछि यो विषय फेरी चर्चामा रहेको छ ।

गौशाला- २६ को निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्धा सर्वोच्चमा लैजान्छ वा लैजादैन भन्ने प्रश्न त्यतिकै छन् भने उनको निवेदनले नेपालको समग्र न्याय प्रणालीलाई ऐना देखाएको घटनाको रुपमा लिन सकिन्छ ।

आखिर गौशाला- २६ ले किन मुद्धा अगाडी नबढाउन निवेदन दिइन् त रु यो प्रश्नको उत्तर उनको निवेदनमा त उल्लेख नै छ, साथसाथै उनको निवेदन नेपालको न्याय प्रणालीको नेतृत्व गरिरहेकाहरुलाई गिज्याएको र सोधेको प्रश्न पनि हो । गौशालाले निवेदनमा भनेकी छन् – ‘सम्मानित अदालतले आफ्नो फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै आफ्नो त्रासरहित एवं शान्तिपूर्ण जीवन जीउनु नै मेरो प्राथमिकता रहेकाले प्रस्तुत मुद्दाको कारबाही अगाडि नबढाउनु हुन निवेदन गर्दछु ।’

यी लाइनहरुबाट यो मुद्धा लड्नेक्रममा गौशाला- २६ ले भोगेको पिडा झल्किन्छ । उनले निदेदनमा भनेकी छन्- ‘यस मुद्दा दर्ता भएलगत्तैदेखि मेरो मानसिक एवं सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्धको भ्रमपूर्ण खबर र ममाथि दबाब फैलाउँदै आएका थिए ।’

गौशाला-२६ ले निवेदनआमा उल्लेख गरेका यी लाइनले नेपालमा न्यायु पाउन सहज छैन भन्ने स्पष्टसँग बोल्दछ । चाहे न्याय क्षेत्रको नेतृत्व गरेकाहरु हुन् चाहेनीति निर्माणदेखि सरकारमा बस्नेहरु हुन गौशाला(२६ ले निवेदनमा उल्लेख गरे झैँ नेपालमा न्यायका लागि लड्दा कसरी जीवन अस्तव्यस्त हुन्छ भन्ने सजिलै बुझ्न जरुरी छैन र रु न्यायका लागि लडिरहेकी एउटा युवती मानसिक रुपमा दर त्रासमा बाच्नु पर्ने अवस्था कसले सिर्जना गर्यो रु यसको उत्तर राज्यले दिनुपर्छ की पर्दैन रु भन्ने प्रश्न गौशाला( २६ को निवेदनले सोझै सिंहदरबार तर्फ सोधेको छ ।

गौशाला २६ ले आफ्नो निवेदनमा कसैको दबाबमा आफुले जाहेरी नदिएको स्पष्ट गर्दै भनेकी छन्- मैले कसैको दबाबमा जाहेरी दिएको थिइनँ, ऊ गलत भएकैले मैले निवेदन दिएको थिएँ । मेरो नियत जम्माजम्मी अरु कोही किशोरीले मैले जस्तो भोग्नु नपरोस् भन्ने थियो ।’

यति मात्र होइन प्रोपोगान्डा, मिडिया ट्रायल र अदालतको ढिला सुस्तीले कसरी कसैलाई ुन्यायु चाहिदैन भन्ने अवस्थामा पुर्याउछ भन्ने पनि यो घटनाले देखाएको छ । उनले भनेकी छन्- ‘हरेक हप्ताको मुद्दा पेशीले म यति थाकिसकेँ कि जिन्दगीले मलाई कहाँ लाँदैछ भन्ने पनि थाहा छैन । अब म बाँच्न चाहन्छु त्रासरहित जिन्दगी, जहाँ मैले मेरो परिचय लुकाउनु नपरोस् । मान्छे बाँच्नको लागि पो लड्छ, आफूलाई हरेक दिन मारेर लडेको लडाइँ के लडाइँ ?’

गौशाला- २६ ले अब यो मुद्धा नलडने निर्णय लिएसँगै नेपालको न्याय क्षेत्रलाई अनगिन्ती प्रश्न तेर्साएकी छन् । उनको निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्धालाई अगाडी बढाउछ वा बढाउदैन, त्यो स्पष्ट छैन तर सरकारवादी मुद्धा भएकाले उनको निवेदनकै आधारमा अगाडी नबढने भन्ने हुदैन । सरकारी वकिलको कार्यालयले फैसलाको अध्ययन गरेर पुनरावेदन गर्ने आधार देखेमा महान्यायाधिवक्ता कार्यालयमा आफ्नो रायसहितको प्रतिवेदन पठाउने र सो आधारमा महान्यायाधीवक्ताको कार्यालयले पुनरावेदनको निर्णय लिने प्रक्रिया हुन्छ ।

प्रक्रिया जे होस् गौशाला- २६ ले न्याय प्रणालीलाई ऐना देखाउदै अब मलाई न्यायु चाहिदैन भन्ने आसयको निवेदनले समग्र न्याय प्रणालीलाई मात्र होइन, समाज, मिडिया र सरकारलाई समेत तिमीहरुले न्यायु दिन सक्दैनौं भन्ने दरिलो जवाफ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?