© २०२३
सल्यान, ७ साउन । घरमा टेलिभिजन हेर्न आएकी पाँच वर्षिय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सल्यानमा एक युवक पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३८ वर्षिय तारा बहादुर घर्तीलाई पाँच वर्षिय वालिका जवरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय सल्यानले जनाएको छ ।
गत असार ८ गते दिउँसो साढे २ बजेतिर टेलिभिजन हेर्न आएको बेला पाँच वर्षिय वालिका संकेत नाम (५५ च २) लाई घरमा कोही नभएको मौका पारेर जवरजस्ती करणी गरेको तारा बहादुरमाथी आरोप छ । उनले घरमा कोही नभएको र लाईन गएको मौका छोपी पिडित बालिकालाई जबरजस्ती करणी गरेको र बालिकाको दाजुले बहिनीलाई खोज्दै जादा रोईरहेको देखेपछी घटना वहिरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरिक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।
वहिनीमाथी भएको घटना बारे पिडित बालिकाकी दाजुले आमालाई जानकारी गराउदा इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा यही साउन ५ गते उक्त विषयको जाहेरी दरखास्त परेको र तत्काल प्रहरी परिचालन गरी जवरजस्ती करणीका प्रतिवादीलाई सोही दिन पक्राउ गरिएको प्रहरी निरिक्षक खत्रीको भनाई छ । प्रतिवादीलाई सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।