ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

कपिलवस्तु–३ मा गुप्ता, शाह, मिश्र र रजौरियमा को बलियो ?

२ कार्तिक २०७९, बुधबार
२ कार्तिक २०७९, बुधबार

कपिलवस्तु, २ कात्तिक ।

मुलुकभर निर्वाचनको ससरगर्मी बढेसँगै कपिलवस्तुमा पनि निर्वाचनको माहोल तातेको छ भने उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा ब्यस्त छन् । अन्य उमेदवार जस्तै कपिलवस्तुको बहादुरगञ्जमा केपी ओली आफै आएर नेकपा एमालेमा स्वागत गरेका मंगलप्रसाद गुप्ता यसपटक उत्साहित देखिएका छन् । उनी एमाले प्रवेशपछि शक्तिशाली भएका छन् ।

यसअघि गुप्ता प्रतिनिधि सभा सदस्यमा पटकपटक उम्मेदवार बनेका थिए । गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेका उनलाई एमाले मतदाताको समेत मत प्राप्त हुने भएपछि यसपटक विजय हुनेमा उनी ढुक्का देखिन्छन् ।

यसपटक नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका गुप्ता घरदैलोमा पुगेर अहिले भोट माग्न व्यस्त छन् । लामो समयदेखि सामाजिक र राजनीतिक जागरण गर्दै समुदायमा उल्लेखनीय योगदान पु¥याएका उनी एक चरित्रवान नेताको रुपमा परिचित छन् ।

कपिलवस्तुको क्षेत्र नम्बर ३ का कृष्णनगर, शिवराज, महाराजगन्ज नगरपालिकाको ३ वटा वडा र विजयनगर गाउँपालिकाका ३३ वटै वडामा पुग्दै आफूलाई मतदान गर्न आग्रह गरे । आफू पटकपटक पराजित हुँदै आए पनि यसपटक जित निश्चित हुने उनले दावी गरेका छन् ।

गुप्ता पदमा नरहे पनि जनताको हरेक सुख दुःखमा मल्हम लगाउने गरेको स्थानीय विनोद कुमार गौतमले बताए । किसान आन्दोलनको क्रममा मन्त्रालयमा धर्ना कार्यक्रमदेखि लिएर जनताको पक्षमा आवाज उठान गर्न अग्रसर भएर लागेको गौतमको भनाई छ । यसअघि निर्वाचित हुँदै आएका जनप्रतिनिधि पटकपटक निर्वाचित भएपनि यस क्षेत्रका नागरिकले विकास र परिवर्तनको महसुस गर्न नपाएको स्थानीय बताउँछन् ।

गुप्ता यस क्षेत्रकै अनुभवी नेता मानिन्छन् । बिगतका निर्वाचनमा उम्मेदवार बनेर पराजित भएपनि यसपटक उनको जित हुने स्थानीयको भनाइ छ । गुप्तालाई जिताउन अहिले एमाले सक्रिय रूपमा लागेको छ ।

गत निर्वाचनमा संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका गुप्ता अहिले एमालेबाट उम्मेदवारी दिएकोले निर्वाचित हुने निश्चित रहेको एमालेको दाबी छ । २०७४ सालको निर्वाचनमा उनले १५ हजार ८ सय ३८ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका थिए ।

संघीय निर्वाचनमा नयाँ अनुहारको रूपमा प्रतिष्पर्धी प्रकाश रजौरिया आएका छन् । राजनीतिक परिवारका रजौरियाले आफ्नो पक्षमा नतीजा आउने आश गरेका छन् । युवा उमेरका रजौरिया राप्रपाबाट उम्मेदवार बनेका छन् । रजौरियालाई मुस्लिम समुदायको साथ रहेको पाइन्छ ।

पार्टीको सङ्गठन कमजोर रहेकोले उनले व्यक्तिगत रूपमा मेहनत गर्नुपर्ने देखिन्छ, स्थानीय तह निर्वाचनमा शिवराज नगरपालिकामा राप्रपाले नगरप्रमुख जितेपनी त्यो पार्टीको मत नभई व्यक्तिगत प्रभावको मत रहेको सहजै आकलन गर्न सकिन्छ ।

गुप्तासँगै प्रतिष्पर्धामा रहेका पूर्व मन्त्री इश्वर दयाल मिश्र पनि लोकप्रिय नेताको रूपमा चिनिन्छन् । पूर्व भौतिक योजना मन्त्री हुँदा विकास तीव्र रूपमा गरेका कारण उनले निर्वाचन जित्ने उनीका समर्थकहरूको भनाई छ । उनलाई जसपाको एक समूहले आन्तरिक रूपमा सहयोग गर्ने छ भने लोसपाले पनि सहयोग गर्ने बुझिएको छ । उनले २०७४ सालको निर्वाचनमा १४ हजार ३ सय ३० मत पाएका थिए ।

त्यस्तै अर्का प्रतिष्पर्धी अभिषेकप्रताप शाह जिल्लामा तीन पटकसम्म सांसदमा निर्वाचित भए । शाहको किल्लाको रूपमा कपिलवस्तुको पश्चिमी क्षेत्र मान्ने गरिन्छ । शाह आफ्नो कार्यशैलीका कारण उनी निर्वाचित हुँदै आएका छन् । युवाहरूमा लोकप्रिय भएका शाहलाई पराजित गर्न निकै कठिन मानिन्छ ।

यस क्षेत्रको निर्वाचनमा जो सुकै आए पनि लडाइ शाहसँगै हुने गर्दथ्यो तर अहिले पटकपटक निर्वाचित भएपनि विकासको महसुस नभएको आम नागरिकको गुनासो रहने गरेको छ । शाहको राजनीतिक भन्दा पनि व्यक्तिगत प्रभाव छ । उनले पार्टी परिवर्तन गरेर पनि निर्वाचन जितेको इतिहास छ । उमेरले ४० वर्ष नपुगेका शाह राजनीतिक पृष्ठभूमिका व्यक्ति हुन् । लामो समयसम्म सांसद भए पनि उनले मन्त्री हुने अवसर भने पाएनन् ।

शाहलाई अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवाले अब जितेर आएमा मन्त्री बनाउने वाचा गरेका छन् । जसपा छोडेर कांग्रेस प्रवेश गरेका शाह देउवा निकटका नेता मानिन्छन् । मंसिर ४ गते निर्वाचनको लागि शाहको टिम मैदानमा आइसकेको छ । उनले हरेक टोलमा निकटका मान्छेहरूलाई जिम्मेवारी समेत दिइसकेका छन् ।

शाहको आफ्नै छुट्टै प्रभाव र अहिले गठबन्धन रहेको माओवादी, एकीकृत समाजवादी लगायतको समेत उम्मेदवार रहेकाले केही सहज हुने उनी निकटको बुझाई छ । यद्यपि गत स्थानीय तहको निर्वाचनमा शिवराज नगरपालिकाका कांग्रेस उम्मेदवारलाई असहयोग गरी राप्रपालाई सहयोग गरेको आरोप लागेका शाहलाई पार्टीमा कार्वाहीको सिफारिस समेत गरिएकाले शिवराज नगरपालिकाका नेपाली कांग्रेस समर्थित मतदाताले भने मत दिने संभावना कम रहेको छ । २०७४ सालमा शाह २० हजार १ मत ल्याई निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?