Butwal Today

चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार

२ श्रावण २०८१, बुधबार
अ+
अ-

काठमाडौं । चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको सकुसल उद्धार गरिएको छ । बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केवलकारमा अड्किएका थिए ।

स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको र अन्यको केवलकारबाटै उद्धार गरिएको प्रहरीले जनाएको छ ।