© २०२३
वुटबल ।
तिलोत्तमा-रुपन्देहीको एक स्विमिङ पुलमा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी घर भएका २४ वर्षीय बिमल थापा रहेको प्रहरीले जनाएको छ ।
शुद्धोधन ४ फर्साटिकर स्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने थापाको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । सोमबार राति पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।