ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

उद्योगले तिरेनन् विद्युतको ५० करोड बक्यौता

कार्यालयले महशुल तिर्नका लागि पटक–पटक पत्राचार गरेपछि उद्योगहरूले छुट गराउन माथिल्लो तहमा लबिङ गर्न दौडधुपमा लागेका छन् ।
३१ असार २०८१, सोमबार
३१ असार २०८१, सोमबार

नवलपरासी, ३१ असार । जिल्ला भित्र रहेको औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरूले विद्युत महशुल नतिरेको नेपाल विद्युत प्राविधिकरण परासी वितरण केन्द्रले जनाएको छ । विद्युतको बहुविकल्प दिँदै आएको यो जिल्लाका केही उद्योगले ५० करोड भन्दा बढि विद्युत महशुल नतिरेको केन्द्रले जानकारी गराएको हो ।

केही स्थानमा उद्योगका विद्युतहरू समेत काटिन थालिएका छन् । यसरी विद्युत महशुल बुझाउन ढिलाई गर्दै गएमा यहाँका उद्योगहरूको विद्युत लाईन काटिन सकिने अवस्था आउने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी गराए । अहिले पटक–पटक पत्राचार गरेर किस्ताबन्दीमा भए पनि महशुल बुझाउदै गर्नुस भनेर जानकारी गराइएको छ, उनले भने, तर उद्योगहरूले माथिल्लो तहमा लबिड्ड गर्दै छुट गराउने भन्दै दौडधुपमा लागेको सुनिएको छ । यता विद्युत महशुल झन झन थपिँदै गएको छ ।

सर्वसाधारणले थोरै ढिलाई गर्दा विद्युत मिटर काटेर ल्याई हाल्ने विद्युत कर्मचारी उद्योगको मिटर काट्न अहिलेसम्म पर्खाईमै बसेका छन् । विद्युत महशुल त बुझाउनु नै पर्छ, केन्द्र प्रमुखले भने, यसका लागि हामी समय सहुलियत, किस्ताबन्दीमा तिर्ने सम्म राहत मिल्न सक्ला तर महशुल नै छुट हुने अवस्था हुदैन । यसबारे उद्योगहरूले अनावश्यक चाँसो राख्नु हुँदैन । जिल्लामा अहिले मल्टिनेसनल कम्पनीदेखि ठूला र मझौला उद्योगहरू थपिँदै गएका छन् । उद्योगलाई नै लक्षित गरि जिल्ला भित्र औद्योगिक लाईन समेत बिस्तार गरिएको छ । उद्योगलाई आवश्यक पावर विद्युतले सप्लाई दिँदै आएको छ । तर विद्यु्त महशुल नबुझाउनु समस्या भई रहेको केन्द्र प्रमुखको धारणा रहेको थियो ।
वितरण केन्द्रले आफ्ना ग्राहकहरूलाई विद्युत आपुर्ति ब्यवस्था चुष्तदुरुष्त बनाउँदै बैकल्पिक विद्युत आपूर्तिको ब्यवस्थानमा लागि परेको छ । विभिन्न प्रसारणलाईन अन्तर्गतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले बिस्तार गरेको विद्युत आपूर्ति सञ्जाल मार्फत बहुविकल्पको ब्यवस्थानमा लागेकोे हो । परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जाँदा उद्योग खुल्ने क्रम पनि बढ्दै गएको छ ।

परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधै भरि पूर्ण भोल्टेज क्षमताको विद्युत आपूर्ति गर्न सकियोस भनेर विभिन्न पाँच वटा विद्युत सब स्टेसनबाट विद्युत आपूर्तिको ब्यवस्थाका लागि प्रसारणलाईन सञ्जाल विस्तार भई रहेको केन्द्र प्रमुख रेग्मीले जनाकारी गराएका थिए । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, उनले भने, ग्राहकलाई विद्युत आपूर्तिमा समस्या नहोस भनेर एउटा मात्रै नभई पाँच पाँच वटा विकल्प बन्दै छ ।
एउटा विद्युत स्टेसनमा समस्या भए पनि परासी क्षेत्रको विद्युत आपुर्तिमा समस्या आउने छैन्, उनले थपे, किनकि यस क्षेत्रमा विद्युत आपूर्ति गर्नका लागि विभिन्न पाँच वटा सव स्टेसनसँग सञ्जाल जोडिँदै छ । तीन वटा स्टेसनसँग विद्युत सञ्जाल जोडि सकिएको छ । दुई वटा स्टेसन मध्ये हुकई सब स्टेसन निर्माणाधिन छ । उनका अनुसार अहिले पनि घरेलु ग्राहकलाई मात्रै दैनिक १० देखि १२ मेगावाट विद्युत वितरण भइरहेका छन् । उद्योगमा पनि दैनिक ६० देखि ७० मेगावाट विद्युत सप्लाई भई रहेको केन्द्र प्रमुख शाहले बताए । यसरी परासी विद्युत केन्द्रले दैनिक ८० देखी ९० मेगावाट विद्युत वितरण गरि रहेको छ ।

बुटवल ३३ केभिए प्रसारण लाईन, न्यु बुटवल ३३ केभिए प्रसारण लाईनसँग पनि विद्युत जोडिदै छ । ज्यामिरेको ३३ केभिए प्रसारण र गण्डक प्रसारणलाईनसँग पनि विद्युत सञ्जाल जोडिएको छ । नेपालको पुर्वि क्षेत्रबाट पनि केही महिनामै जिल्ला जोडिने समेत उनले बताए । नेपालकै विद्युत आपुर्तिमा स्वर्णिम जिल्लाको रूपमा नवलपरासी पश्चिम बन्ने देखिएको छ । यसले गर्दा यस क्षेत्रमा उद्योग थपिने क्रम दिन प्रति दिन बढेको छ । यहाँका बासिन्दाले किन उद्योगहरूको रोजाई नवलपरासी पश्चिम बन्दै गएको कुरा आश्चर्य लाग्न सक्छ,उनले भने,तर उद्योग सञ्चालकहरूले उद्योगमा विद्युत आपुर्तिको सहज वातावरण देखेर नै आकर्षित बन्दै छन् । तर अहिले तिनै उद्योग विद्युत महशुल तिर्न आनाकानी गर्दै आएको उनको गुनासो थियो ।

नेपाल सरकारको उद्योग मन्त्रालयले पनि यस क्षेत्रमा औद्योगिक क्षेत्रमा विद्युत आपुर्तिका लागि विद्युत परियोजनामा लगानी गरेको मध्ये नवलपरासी पनि एक जिल्ला परेको छ । परियोजना कार्यालयले विद्युत प्रसारणलाईनहरू विस्तार गर्दै स्टेसन निर्माण गर्दै आएका छन् । त्यसै अनुसार यस क्षेत्रमा बहुराष्ट्रिय कम्पनी सहित नेपाल भारतको संयुतm लगानी तथा नेपालीहरूको लागनीमा जिल्ला भरि उद्योग लगाउने स्थानको खोजी गर्नमा लागेका छन् । जिल्ला भित्र सय भन्दा बढि उद्योग खुलि सकेका छन् । केही खुल्ने क्रममा रहेका छन् । ति उद्योगले यहाँको कच्चा पदार्थ र वातावरणीय शुरक्षा भन्दा विद्युत आपुर्ति सहजतालाई देखेर प्राथमिकतामा राखेर उद्योग खोल्दै आएका छन् । मिलियनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को समेत विद्युत प्रशासरणलाईन यसै जिल्ला हुदै भारत जाने र त्यसको स्टेसन समेत बन्ने क्रम यहिँ रहेको छ । अन्तराष्ट्रि«य स्तरको विद्युत प्रसारणलाईनले पनि सधै विद्युत आपुर्तिको सम्भावनाले पनि उद्योगहरू आकर्षित छन् ।

उद्योगहरू थपिदै जादा विद्युतको पुर्तिका लागि विद्युत केन्द्रले पनि सबै प्रकारका प्रसारणलाईनसाँग सञ्जालन जोड्ने र स्टेसनको ब्यवस्थापनका कार्य गर्नु परेको केन्द्रले जनाएको छ । भविष्यमा यो क्रम बढने उनको भनाई थियो । अहिले विद्युतका सबै ग्राहकको रेकर्ड विद्युयि माध्यमद्धारा केन्द्रले नै रिडिगँ गरिरहेको छ । कस्को के कति बक्यौता समेत केन्द्रले नै त्यहीबाट सिस्टमले हेर्ने गरेको उनले सुनाए । विद्युत वितरण केन्द्रले प्राधिकरणको निर्देशनको फ्लो गर्ने काम मात्रै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?