ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

मनसुन विपत्तिः प्रदेशको राजधानी नै डुब्यो

ठाउँ–ठाउँमा सडक र विद्युत अवरुद्ध
२३ असार २०८१, आईतवार
२३ असार २०८१, आईतवार

लमहि, २३ असार । दाङमा शुक्रबारराती देखि परेको भिषण बर्षापछि आएको बाढी बस्तीमा पसेको छ । लगातारको बर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परको हो । ढल निकास अबरुद्ध हुँदा लुम्बिनी प्रदेशका मन्त्रालयहरू जलमग्न भएका छन् । राप्ती गाउँपालिका–५ लठ्ठहवा, पहरूवा र कालापानी, लमहीका धनपुरुवा, बनघु्ररी, गढवाका बोधिपुर सेमरहवा लगायतमा दर्जनौ गाउँमा बाढी पस्न सुरु गरेको छ । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षा निकायहरूले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।

लगातार पानी परिरहेकाले स्थानीय खहरे खोलामा जलसतह बढेको छ । यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँको भवन पनि डुबानमा परेको छ । कार्यालयको सामग्रीहरू सुरक्षित स्थानमा सारिएका छन् । यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएको छ । नदी तटीय क्षेत्रमा डुबान र कटानको जोखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ । राप्ती नदिले बगाउँदा एक जना बेपत्ता भएका छन । देउखुरीमा राप्ती नदीको बाढीले एक जनालाई बगाएको छ । लमही नगरपालिका–७, हस्नापुर स्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा वेपत्ता भएका छन् ।

राजपुर गाउँपालिका–२ का किसान दुध विक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जना संगै रहेपनि एक जनालाई बाढीले बगाएको र दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए । नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएकन सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिए । राजपुर–२ निवासी ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरूसंगै साथमा रहेका १८ बर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । लगातार बर्षा कारण खहरेखोला अन्तर्गतका केही सडकहरू समेत अबरुद्ध बनेका छन ।

गढवा कालाकाटे सडक खण्डको गढवा ५ बाँकीमा बाटो अबरुद्ध भएको छ । प्रनाहा पुल देखि आगाडि बाढीले बाटो बगाएको छ । दाङ जिल्लामा वर्षाको मापन खतराको स्तरभन्दा माथि पुगेको छ । १ सय मिमि भन्दा बढीलाई खतरा मानिन्छ । असार २२ गते विहान सम्मको वर्षाको मापन पछिल्लो २४ घण्टामा घोराही २१४ मि मि, लमही १८१.८ मि मि, लालमटिया १४९.४ मिमि, मिगंगादी ११६.४ मि मि, कोइलाबास ६५.२ मि मि, अम्बापुर १९.० मि मि, मिरातामाटा १०.६मि मि, बगासोती ५१.६ मि मि पानी परेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको । बर्षा भैरहेकोले सबै ठाउमा यो अनुपात बढेको छ । सनिवार पनि दिनभर पानी परेकोले खतरा बढदै गएको छ । सबै पालिका बिपत शाखा, नेपाल रेडक्रस, ३ वटै सुरक्षा निकायहरू प्रभावित क्षेत्रमा हाइअलटको अबस्थामा रहेको जिल्ला बिपत ब्यबस्थापन समितिका सयोजक तथा जिल्ला प्रशासन कार्यालय दाङका जिल्ला प्रमुख रामबन्दु सुबेदीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?