ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

अलपत्र सडकको मुहार फेरियो

२१ असार २०८१, शुक्रबार
२१ असार २०८१, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), २१ असार । ‘लामो समयपछि बाटो बनेको छ अत्यन्तै खुसी लोग्यो । धुलोको सास्तीले बिरामी हुने अवस्थामा पुगेका थियौँ तर यतिबेला सडक कालोपत्रे भएपछि खुसी छौँ’ : स्थानीय आनन्द यादवले भने । खरेन्द्रपुर चोकदेखि महाराजगञ्ज, तौलिहवा, लुम्बिनी, हुलाकी रोड, भारतको कोटिया लगायतको स्थानमा जोडने सडक बीचमा अलपत्र बनेपछि स्थानीयसँगै यात्रुलाई सास्ती भएको दिलाराम खनालले बताए ।
कपिलवस्तुको खरेन्द्रपुर–सितलापुर–भिल्मी सडकको विकास निर्माण कार्यले गति लिएपछि स्थानीय हर्षित भएका छन् । विगत ४ बर्ष बढीको धुल्लमे, हिलम्मे लगायतको सास्तीपछि सडक खण्डको स्तरोन्नति, सडक पिच, नाली निर्माण, माटो पटान जस्ता कार्यले गति लिएपछि हर्षित भएका हुन् ।
२०७६ कात्र्तिक २९ सम्झौता भई २०७९ कार्तिक २८ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । स्वच्छन्द सिरुवा वल्डवाइड जेभी निर्माण कम्पनीले संयुक्त रूपमा ठेक्का पाएको थियो । जसमा सिरुवा कम्पनीले काम गर्दागर्दै बीचमा अलपत्र अवस्थामा छाडेको थियो । अर्का सास्ती पाएका स्थानीय मोहन पौडेलले केहि महिना अघि सडक कालोपत्रे हुँदा पसल बन्दा गरेर बस्नुपर्ने बाध्यता हटेको बताए । निर्माण कार्य समयमा सम्पन्न नहँुदा पसल बन्दा गरेर बस्नु परेको थियो । अब भने सहजरूपमा आवातजावत गर्नदेखि व्यापारमा समेत प्रभावकारी भएको उनले बताए ।
यता हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका इन्जिनीयर पवित्रमणी आचार्यले समयमै निर्माण कार्य सम्पन्न गर्ने बताउँदै नगरेको खण्डमा निर्माण व्यवसायीलाई कारवाही गर्ने बताए । पुरानो सम्झौता संसोधन गरी आगामी २०८१ चैत १३ गते निर्माण कार्य सम्पन्न हुनेगरी ७७ करोड ४८ लाखमा पुनः कार्य सञ्चालन गर्ने स्वच्छन्द निर्माण कम्पनीले जिम्मा पाएको हो ।
शिवराज नगरपालिकाका मेयर अजय थापाले खासगरी यो सडक खण्ड आफ्नो पालिकामा पर्ने भएको प्राथमिता दिएको बताए । नगरबासीको समस्यालाई मध्यनजर गर्दै रोकिएको कार्यलाई सञ्चालन गर्न पहल गरेको उनले दावी गरे । ठेकेदारहरूको आपसी द्धन्दले गर्दा समस्या भएको थियो, त्यसलाई समाधान गरेर निर्माण कार्य चुस्तदुरुस्त रहेको मेयर थापाले बताए ।
ठेकेदार पक्षले गुणस्तरीय काम गरेको जिकिर गर्नु हुँदै पछिल्लो समय स्वच्छन्द कम्पनीले गत चैत्त १५ बाट सुरु भएको कार्य साढे २ किलो मिटर कालोपत्रे गरि सकेको आचार्यले जनाए । गर्न बाँकी रहेको कार्य जारी रहेकोले समयमै सम्पन्न गर्ने लक्ष्य रहेको छ । उक्त सडकको लम्बाई १८.८२० किलोमिटर रहेको हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिंगे कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?