© २०२३
बुटवल, १७ असार । बुटवलमा सम्पन्न लिक्युड मास्ट्रो सिजन–२ को उपाधि पोखराका रमेश मगरले चुमेका छन । फ्लेयर बारटेन्डरमा रुचि राख्ने युवाहरुलाई लक्षित गरि सोमबार सम्पन्न प्रतियोगितामा उनले उत्कृष्ट फलेयर मोभसहित टाईटल जितेका हुन । उपाधिसंगै उनले नगद ५० हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।
प्रतियोगितामा काठमाण्डौका राई बादशाह किरान्त उत्कृष्ट ककटेलसहित दोस्रो हुदै नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा काठमाण्डौकै नबिन धामी तेस्रो हुदै नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । रशिम श्रेष्ठ चौथो तथा रोशन चौधरी पाचौ स्थान हासिल गरे । प्रतियोगितामा बेष्ट फ्लेयर मोभ र बेष्ट ककटेल दुई विधामा समेत नगद ५–५ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भए । पाच वर्षको अन्तरालमा स्टुडेन्ट फोरम अफ ककटेल वर्कसपको आयोजनामा स्मिरनफको मुख्य प्रायोजन तथा प्रेमपद्मा ट्रेड, ह्याप्पिनेश क्याफेको सहयोग कार्यक्रम भएको हो ।
प्रतियोगितामा मुख्य जजका रुपमा गिनिज बुक होल्ड रेकर्ड ईन फ्लेयर बारटेन्डिङ भारतका सचिन गडुवा छन । यसैगरि प्रतियोगितामा अर्का जज राम गौतम रहेका छन । लिक्युड मास्ट्रो सिजन–१ भने सन २०१९ मा पहिलोपटक रुपन्देहीमा आयोजना गरिएको थियो ।
स्टेप अप हस्पिटालिटीका संचालक बिष्णु सारु, मुख्य जज सचिन गडुवा, जज राम गौतम, कार्यक्रम संयोजक सागरिका लामाले विजेता, उपविजेतालाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा नेपालका रुपन्देही, ईटहरी, काठमाडौं, पोखरा, झापा, बिर्तामोड लगायतका स्थानबाट २७ जना सहभागी रहेका छन ।