© २०२३
काठमाडौं, ३ असार । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ ।
सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँको विवरण सीआईबीले खुलाएको छैन ।
सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक गरेको छैन । पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको स्रोतको दावी छ ।
त्यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा पनि २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।