© २०२३
बुटवल, २९ जेठ । लुम्बिनी प्रदेश बास्केटबल संघले पोखरामा हुने यु—१५ जुनियर राष्ट्रिय प्रतियोगिता २०८१ मा भाग लिने बास्केटबल खेलाडी तथा प्रशिक्षकहरुलाई बिदाई गरेको छ । लुम्बिनी प्रदेश बास्केटबल संघ र रुपन्देही जिल्ला बास्केटबलको आयोजनामा छनौट भएका खेलाडीहरुलाई मंगलबार प्रदेशले विशेष कार्यक्रम गरि बिदाई गरेको हो ।
प्रतियोगितामा छात्रतर्फ डार्बिन शाह, प्रण्य थापा, अनुभव एसी, कात्यन देवकोटा, आशिक विश्वकर्मा, पेसल बुढाथोकी, सहज बुढाथोकी, प्रतिक केसी, सदगुण थापा, निश्चल बुढा तथा छात्रातर्फ एन्जल गाहा, युनिन राई, सिरिशा थापा, प्रकृति थापा, श्रीका जोशी, बिपशा भण्डारी, गंगा सिजाली, सुहाना पौडयाल, रितिसा आचार्य खत्री, सबल श्रेष्ठ भाग लिदै छन ।
एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष ह्योजु, वरिष्ठ सल्लाहकार लक्ष्मण भारी, महासचिव बिपिन केसी, कोषाध्यक्ष अब्दुल सलामत, सदस्य शुसान्त थैव, लक्की बलाल, प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठले खेलाडी तथा प्रशिक्षकलाई खादा र टिका लगाएर बिदाई गरेका छन । कार्यक्रममा बोल्दै संघका अध्यक्ष मनिष ह्योजुले खेलाडीमा अनुशासन मुख्य हुने भन्दै उत्कृष्ट प्रदर्शन गरेर प्रदेशको नाम उचो बनाउन आग्रह गरे । जेठ ३० र ३१ गतेबाट प्रतियोगिता हुदैछ ।