© २०२३
बुटवल, २७ जेठ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा हुने यु १५ जुनियर राष्ट्रिय प्रतियोगितामा भाग लिने एथ्लेटिक्सका खेलाडीहरुलाई आईतबार रुपन्देहीमा बिदाई गरिएको छ । प्रतियोगिताको छात्र तर्फ १०० र २०० मिटर दौडमा शुभम बमरेल, हेमनाथ थारु र अभय राना रहेका छन । २०० मिटर दौडमा सर्मन रसाली, यसैगरि ४०० मिटर दौड, लङजम्प, सटपुटमा सुशान्त थारु, ४०० र ८०० मिटर दौडमा उमेश लोहार, लङजम्पमा श्लोक शरिजन, ८०० मिटर दौडमा किस्मत पंगेनी, आयुश अग्रहरी, लङजम्पमा अमित भण्डारी, राजित खनाल, सटपुटमा बिनोद विश्वकर्मा, सटपुट र ४०० मिटरमा ओमकार घर्ति र नमन विश्वकर्मा रहेका छन ।
यसैगरि छात्रातर्फ १००, २०० मिटर दौडमा नमिता भुषाल, १००, २०० मिटर दौड र लङजम्पमा जमुना लोध, प्रवेशिका खनाल, ४०० मिटर दौड, लङजम्पमा अनुष्का पल्ली, ४०० मिटर दौडमा अनिता बुढामगर, ८०० मिटर दौडमा भुमिका मगराती, सपना कुमाल, रितु चन ठकुरी र सटपुटमा समृद्धि थापा रहेका छन । एथ्लेटिक्स खेलमा ६ विधामा खेलाडीहरुले भाग लिनेछन । पोखरामा एथ्लेटिक्ससहित बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धिचाल, रक्बी गरि ६ खेलहरु हुदैछन ।