© २०२३
बुटवल, २६ जेठ ।
काठमाण्डौमा जारी पिएम कप एनभिए वुमन÷मेन्स भलिबल लिग २०८१ मा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले चुमेको छ । शनिबार भएको फाईनल खेलमा मोफसलको एभरेष्ट भलिबल क्लबलाई ३—२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । योसंगै चैतमा भएको च्याम्पियनसिप प्रतियोगितामा एभरेष्टसंग भएको हारको बदला पुलिसले लिन सफल भएको छ । विजेता नेपाल पुलिस नगद आठ लाख, उपविजेताले एभरेष्ट चार लाख रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । जारी लिगमा पराजित बन्दै एभरेष्ट फाईनलमा पुगेको हो ।
शनिबारको फाईनल खेलमा नेपाल पुलिसले पहिलो र दोस्रो सेट लगातार २५—२१, २५—२३ को अंकले जित्दै अग्रता लिएको थियो । तर एभरेष्ट तेस्रो र चौथो सेटमा खेलमा फर्कदै बराबरी गर्न सफल भयो । एभरेष्टले तेस्रो सेट २५—२० र चौथौ सेट २५—२० अंकले जित निकाल्यो ।
खेलमा एभरेष्टका अनुभवी भारतीय खेलाडीहरु सालिनी साराभान, सुर्या एस, केपि अनुश्रीको प्रदर्शन हेर्न लायक थियो । भारतीय राष्ट्रिय टिमको समेत स्पाईकर रहेकी केपि अनुश्रीको खेल तारिफ योग्य थियो । अन्तिम र निर्णय पाँचौ सेट पुलिसले १५—१२ अंकले जित्दै
खेलमा विजयी भयो । प्रतियोगितामा महिलातर्फ एभरेष्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली खेलकुद विकास परिषद गरी ६ टिमले प्रतिस्प्रर्धा गरेका थिए ।