Butwal Today

प्यारामाउण्ट एसईई ओपन टि १० क्रिकेटमा आज पांच खेल हुंदै

२३ जेष्ठ २०८१, बुधबार
अ+
अ-

तिलोत्तमा,२३ जेठ ।     तिलोत्तमाको प्यारामाउन्ट माविले आयोजना गरेको एसईई ओपन टि १० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज ५ खेल हुंदैछन् । तिलोत्तमा ८ ज्योतिनगरस्थित खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा आज लगइन र ब्ल्याक क्यापबीच पहिलो खेल हुने छ ।

यस्तै दोस्रो खेल नव बुद्ध र अण्डर डक्सबीच, तेस्रो खेल गुरुकुल बी र एप्पल इन्ट्रान्सबीच, चौथो खेल सिद्धार्थीयन र ग्राण्ड इगलबीच तथा पाचौं खेल एलिट वारियर्स र आरम्भ एबीच हुने विद्यालयका लक्ष्मण अर्यालले जानकारी दिए ।

यसअघि हिजो मंगलबार भएको खेलमा एप्पल इन्ट्रान्सले बुटवल राइनोसलाई १७ रनले पराजित गरेको थियो । उक्त खेलमा कैलाश यादव म्यान अफ द मयाच भएका थिए । अर्को खेलमा टिम महिरतले हब आइटीलाई ३४ रनले पराजित गरेको थियो । खेलमा सन्देश पोखरेल म्यान अफ द म्याच भएका थिए ।
६ दिनसम्म चल्ने टुर्नामेन्टमा २६ टिमको सहभागिता रहेको छ ।