© २०२३
बर्दघाट, २२ जेठ । टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ सँस्करण संयुक्त राज्य अमेरीका र वेष्ट इन्डिजमा शुरु भएको छ । विश्वका उत्कृष्ट २० देशमा पर्न सफल भएको नेपाल पनि प्रतियोगितामा सहभागिता जनाएको छ । टि ट्वान्टी विश्वकपमा नेपालको यो दोश्रो उपस्थिती हो । यसअघि सन २०१४ मा बँगलादेशमा भएको विश्वकपमा नेपालले सहभागिता जनाएको थियो । जारी विश्वकपमा सहभागी २० टोलीलाई ४ समुहमा विभाजन गरी लिग चरणका खेलहरु भइरहेका छन् जसमा नेपाल समुह डी मा परेको छ ।
समुह डि लाई ग्रुप अफ डेथ पनि भनिएको छ । समुह डी मा नेपाल सहित दक्षिण अफ्रिका, श्रीलँका, नेदरल्याण्ड्स र बँगलादेश रहेका छन । जसमा नेदरल्याण्ड्स बाहेक अन्य देशहरु टेष्ट मान्यता देशहरु हुन । समुह डि अन्तर्गत रहेका नेपाल र नेदरल्याण्ड विचको खेल नेपाली समय अनुसार मंगलबार राती सवा ९ बजेबाट सुरु हुँदैछ । विश्वकप क्रिकेटमा पहिलो पटक आमनेसामन हुन आँटेका यि दुइ देश अन्तराष्ट्रिय टि ट्वान्टी क्रिकेटमा अहिलेसम्म १२ पटक आमने सामने भएका छन । जसमा ६ पटक नेदरल्याण्डस र ५ पटक नेपाल विजयी भएका छन भने एक खेल नतिजा विहिन रहेको छ । नेपाल आजको खेलमा जित हासिल गर्दै जित संख्या बराबरी गर्ने र दोश्रो चरण प्रवेशको लागि प्रयासरत रहने छ ।
सुरुवाती ६ खेलमा नेपालले २ र नेदरल्याण्डले ३ खेलमा जित हात पारेका थिए एक खेल नतिजा विहिन थियो । नेपाल र नेदरल्याण्ड विच पहिलो खेल सन २०१५ मा भएको थियो जसमा नेदरल्याण्ड्स विजयी भएको थियो भने दोश्रो खेलमा नेपालले जित हात पारेको थियो । तेश्रो, चौथो पाँचौ खेलमा लगातार नेदरल्याण्ड्स विजयी हुँदा नेपालले भने निराशाजनक प्रदर्शन गरेको थियो । नेदरल्याण्ड्स विरुद्धको खेलमा सन २०२१ भने नेपालको लागि निकै सुखद रह्यो । टियु ग्राउण्डमा सम्पन्न ३ खेलमा २ मा जित हात पार्दै उपाधि कब्जा गरेको थियो । यस्तै सन २०२४ मा सम्पन्न खेलमा पनि ३ खेलमा २ मा जित हात पार्न सफल रहेको थियो । पछिल्लो वरियताक्रममा नेपाल भन्दा नेदरल्याण्ड्स २ स्थान माथी छ । नेदरल्याण्डस १५ औँ र नेपाल १७ औँ स्थानमा छन । तर पछिल्ला खेलहरुमा नेपाल नेदरल्याण्ड्स माथी हावी भएको छ । पछिल्लो ६ खेललाई विश्लेषण गर्दा ३ खेलमा नेपाल र ३ खेलमा नेदरल्याण्ड्स विजयी भएका छन ।