ट्रेंडिंग:

>> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी

होटल ब्यवसायीलाई फ्रन्ट अफिस ब्यवस्थापन तालिम

२१ जेष्ठ २०८१, सोमबार
२१ जेष्ठ २०८१, सोमबार

बुटवल, २१ जेठ । रुपन्देहीका होटल ब्यवसायीलाई फ्रन्ट अफिस ब्यवस्थापन तालिम दिईएको छ । पर्यटन उद्योगका रुपमा रहेका होटल ब्यवसायीहरुलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ तालिममा जोड दिईएको हो । ईन्स्योर परियोजना, रुपन्देही उद्योग संघ बुटवलको आर्थिक सहयोग, डाईनामिक टेक्निकल एजुकेशन एण्ड भोकेसनल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले आफना ब्यवसायीहरुलाई १६ दिने निशुल्क फ्रन्ट अफिस ब्यवस्थापन तालिम दिएको हो ।

एक समारोहका बिच तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले सीप र क्षमता विकासका सिकाई मानव जीवनभर चल्ने प्रक्रिया भएको बताए । ९६ घण्टाको तालिमबाट धेरै सिकाईसंगै एकआपसमा अनुभव साट्ने अवसर भएको भन्द उनले यसलाई आफनो पेशाब्यवसायमा उर्तान सुझाव दिए । ‘ग्राहकलाई स्वागत गर्ने एउटा कला हो ।’—उनले भने । ईन्स्योर परियोजनाको प्रदेशसंग सहकार्य गरेर १२ जिल्लाका उद्योगीहरुलाई लक्षित गरि तालिम दिदै आएको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले होटल ब्यवसायमा फ्रन्ट अफिसरको भुमिकाबाटै ग्राहक सेवा लिने वा नलिने निर्णय गर्ने बताए । कोभिड संक्रमण र आर्थिक मन्दीबाट प्रभावित भएको वर्तमान अवस्थामा ब्यवस्थित र चुष्टदुरुष्ट गर्दै ब्यवसाय जोगाउने गरि संस्थागत पहल गरिरहेको उनले बताए । रुपन्देहीका होटल उद्योग र उद्योगीको क्षमता विकासको पाटोमा संस्थागत रुपमा भैरहेको उनले दाबी गरे । होटल ब्यवसाय संवेदनशिल पेशा बन्दै गएको उनले दाबी गर्दै ब्यवसाय बचाउने अभियानमा सबैको साथ जरुरी रहेको बताए । स्थानिय पालिका राजश्व धेरै उठाउने नाममा हताहतमा गरेको केही निर्णयप्रति आपत्ति ब्यक्त गर्दै उनले होर्डिङ बोर्डको सेवाशुल्क उठाउने निर्णय गलत भएको बताए । होटलमा पाच हजार ब्यवसायीहरु रुपन्देही जिल्लामा भएपनि केवल १२ सय संस्थामा आवद्ध रहेको भन्दै सकेसम्म करको दायरा बनाउनुपर्ने सुझाव दिए । आगामी दिनहरुमा बारिष्टा, बारटेन्डर, हाउस किपिङ, किचन ब्यवस्थापनका तालिमहरु दिने उनले प्रतिवद्घता जनाए । यसैगरि पर्यटन विकास परिषदको सहयोगमा साना तथा मझौला होटल ब्यवस्थापन तालिम समेत चलाउने तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा संघका द्घितिय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, महासचिव अर्जुन थापा, सेन्टरका संचालिका सुमित्रा केसी, ईन्स्योरका तालिम संयोजक खिमानन्द रिजाल, सेन्टरका म्यानेजिङ डाईरेक्टर अरुणराज मैनालीले सिकाईको अभियान निरन्तर चल्ने प्रक्रिया भएको बताए । कार्यक्रममा प्रशिक्षार्थी टेकनारायण न्यौपानेले सिकाईको क्रममा फ्रन्ट अफिसबारे धेरै ज्ञान हासिल गरेको बताए । तालिममा २० जना सहभागी रहेका थिए ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?