© २०२३
बुटवल, १९ जेठ । रुपन्देहीमा जारी जिल्ला लिग २०७९÷०८० मा फर्साटिकर एफसी र गोर्खा ब्यायज विजयी भएका छन । शुक्रबार भएको खेलमा फर्साटिकरले सौभाग्य एफसीलाई १०—२ को बिशाल गोल अन्तरले पराजित गरेको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको खेलमा फर्साटिकरको जितमा अबतार थापाले ४ गोल, बलरामले ह्याट्रिक गरे । अमृत मल्ल, मनिष थापा र सुरज गुप्ताले थप गोल गरे । सौभाग्यका टेक बहादुर गुरुङ र यामु रानाले गोल गरे ।
शनिबार भएको खेलमा गोर्खा ब्यायजले डिएमसी एफसीलाई ५—० गोल अन्तरले पराजित गरेको हो । गोर्खा ब्यायजको जितमा हिमाल थापा, सुजित डंगोरिया, सागर साई, मनिष थापा, सुमन थापाले गोल गरे ।
यसैगरि शनिबार भएको खेलमा सुनौलो संगम एफसी र बुटवल युनाईटेड एफसी बराबरी खेलेको छ । खेलमा सुनौलोका सुमित थापा मगर र बुटवल युनाईटेडका सन्देश बगालेले गोल गरे ।
प्रतियोगितामा उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजार, तृतिय ३० हजार र २० हजार रुपैया पुरस्कार राशिबाट पुरस्कृत गरिने संघका महासचिव हिमाल गौचनले बताए । १९ दिनसम्म चल्ने प्रतियोगितामा साढे ८ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।