© २०२३
सुनवल, १७ जेठ ।
पश्चिम नवलपरासीको सुनवलमा बिहिवार देखि नवलपरासी गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिता २०८१ सुरु भएको छ । राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान भुमहीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हनामी बी एफ सी चितवन बिजयी भएको छ ।
हनामीले नवलपरासी ११ लाई एकका विरुद्ध दुई गोलले हराएको हो । पहिलो हाफमै दुई शुन्यले पछि परेको नवलपरासीले दोस्रो हाफमा सान्त्वना गोल फर्काएपनि जित दिलाउन सकेन् । हनामीका लागी पहिलो हाफको २८ औँ मिनेटमा समिर राज ठोकरले गोल गर्दे अग्रता दिलाएका थिए भने पहिलो हाफमै हनामीका शुसिल राईले एक गोल थप्दै अग्रता दोब्बर बनाएका थिए । खेलको ५३ औँ मिनेटमा नवलपरासीका बिज्जु ठकुरीले गोल फर्कापनि हार टर्न सकेन् । प्रतियोगिताको बिहिवारको खेलमा हनामी बी एफ सीका शुसिल राई म्यान अफ दि म्याच भएका छन् ।
सुनवल १३ बडेरा स्थीत सहिद स्मृती रंगशालामा सुरु भएको प्रतियोगिता शुक्रबार आयोजक राईजिङ स्टार र पाल्पा ११ बिच प्रतिस्पर्धा हुने खेल संयोजक सन्दिप केसिले जानकारी दिए । त्यसअघि राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष प्रकाश पंगेनीको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको बिहिवार अपरान्ह लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ कलवारले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितामा आयोजक राईजिङ स्टार सहित नेपाल पुलिस कल्ब, कोहलपुर रेसिङ्ग साहारा कल्ब बाँके, पाल्पा ११, सुदुरपश्चिम ११ र साहारा कल्ब पोखरा सहित ८ ओटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल यहि जेठ २४ गते हुने छ । प्रतियोगिताको बिजेताले नगद ५ लाख ११ हजार र उपबिजेताले ३ लाख ११ हजार रुपैयाँ सहित विभिन्न विधामा पनि पुरस्कारको व्यवस्था गरिएको राईजिङ स्टारले जनाएको छ । लुम्बिनी प्रदेश सरकार र विभिन्न स्थानिय तह तथा संघ संस्थाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता नवलपरासीकै हाल सम्मको सर्वाधिक पुरस्कार राशीको भएको आयोजकको दाबी छ ।