© २०२३
नवलपुर १५ जेठ ।
सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति नवलपुरको गैंडाकोट थुम्सीमा सडक भासिदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड ११ घण्टा पछि एकतर्फी सन्चालनमा आएको छ । गए राती २ बजे थुम्सीमा रहेको पुलको छेउमै सडक भासिए पछि सडक अवरुद्ध भएको थियो । भासिएको ठाउँमा ग्रयाबेल हालेर यातायात गुडन मिल्ने भए पछि सडक एकतर्फी रुपमा सन्चालनमा आएको हो ।
भासिएको ठाउँमा फसेको ट्रकलाई समेत निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अहिले एक तर्फी रुपमा पालो गरेर राती देखि रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाउन सुरु गरिएको हो ।