© २०२३
स्याङ्जा ।
स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ४ स्थित कालिका युवा क्लव रापाकोटले हरेक वर्ष जस्तै यस बर्ष पनि चैतेदशै मेलाको अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ । कालिका युवा क्लवको शान स्थानीय खेलाडीको पहिचान भन्ने मूल उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मकन गुरुङले बताए । प्रतियोगितामा स्थानीय क्लवका युवा खेलाडीहरुको पूर्ण रुपमा सहभागिता रहने उनले जानकारी दिए ।
धार्मिक पर्यटकीय आस्थाका रुपमा परिचित रापाकोट कालिका मन्दिर प्राङ्गणमा चैत्र ४ गते देखि ८ सम्म सन्चालन हुने पुरुष भलिबल प्रतियोगितामा पर्वत बागलुङ स्याङ्जा लगायतका जिल्लाबाट करिब २५ वटा क्लबको सहभागिता रहने र स्थानीय खेलाडीहरुलाई विशेष ग्राहयता दिइने भएकोले प्रदेश र राष्ट्रिय टिमका खेलाडीलाई समावेश नगरिने बताईएको छ ।
प्रतियोगितामा क्रमशः प्रथम हुने टिमले नगद रु. ८१ हजार, शिल्ड, ट्रफी, प्रमाण पत्र, द्वितीय हुनेले रु. ५१ हजार, तृतीय हुनेले रु.३१ हजार र सान्त्वना हुने टिमले रु.११ हजार नगद प्राप्त गर्नेछन् । कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुतीहरु रहने अध्यक्ष गुरुङले बताए ।