© २०२३
बुटवल, १० जेठ । मणिमुकुन्द कलेज बुटवलको सहयोगमा बुद्ध जन्मजयन्तीको अवसरमा बुटवल–लुम्बिनी साइकल यात्रा गरिएको छ । युनाइटेड साइकिल क्लबको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुलाई मणिमुकुन्द कलेजले जर्सी प्रदान गरेको हो । सो अवसरमा यात्राको उदघाटन गर्दै कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले मानव स्वास्थ्यको लागि साइक्लिङ एकदमै महत्वपूर्ण भएकोले सबैले साइक्लिङ गर्नु राम्रो हुने धारणा राखे । क्लबका अध्यक्ष उत्तम श्रेष्ठले एेतिहासिक लुम्बिनी साइकिल यात्राको लागि सहयोग गरेकामा मणिमुकुन्द कलेज परिवारलाई धन्यवाद तथा आभार ब्यक्त गरे । साइकल यात्रामा डेढ दर्जन सहभागी थिए । मणिमुकुन्द कलेजले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अनुसार सहयोग गर्दै आएकोे छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी