© २०२३
काठमाडौं,९ जेठ । अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।
सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी २० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न जान लागेका सन्दीपलाई सुरुमा भिसा दिएको थिएन । आलोचना भएपछि दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।
लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएपछि नेपाल क्रिकेट संघ क्यान स्तब्ध बनेको छ ।
सन्दीपले आफ्नो मुद्दामा अदालतबाट पूर्ण सफाइ पाइसकेका छन् । उनको भिसा रोक्नुपर्ने कुनै कारण थिएन । दूतावासमा प्रभाव भएका केही अभियन्ता, नेता र मिडियाले सन्दीपलाई भिसा रोक्न दबाब दिएका थिए ।
क्यान स्रोतले अमेरिकी दूतावासको शैलीप्रति खेद व्यक्त गरेको छ । मुद्दाबाट सफाइ पाइसकेको प्रख्यात खेलाडीलाई भिसा नदिनु आपत्तिजनक रहेको क्यान स्रोतले भनेको छ ।
भिसा रद्दलगत्तै क्यान सचिव पारस खड्का सन्दीपसँग छलफलमा छन् । विश्वकपमा जाने खेलाडीलगायत सबैको भिसा प्रक्रियामा पारसले दूतावाससँग समन्वय गरिरहेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी