Butwal Today

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

६ जेष्ठ २०८१, आइतबार
अ+
अ-

बुटवल ।

लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैँ छ ।

चौथो अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक टेबल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐन जारी भइसकेको छ। स्थानीय सेवा र निजामती कर्मचारी विधेयक सँगै अघि बढ्नुपर्ने भए पनि निजामती कर्मचारी विधेयक पारित भएपछि मात्रै स्थानीय सेवा विधेयक अघि बढाइएको हो।