ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि

३ जेष्ठ २०८१, बिहीबार
३ जेष्ठ २०८१, बिहीबार

बुटवल, ३ बैशाख । बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले चुमेको छन । ३१ औं मदन भण्डारी स्मृती दिवसको अवसर पारेर आयोजित दोस्रो मदन भण्डारी कप खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको रोकायले १ घण्टा ०९ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै उपाधि हात पारेका हुन । उपाधिसंगै रोकायले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । नेपाली सेनाकै नरेन्द्र सिह रावतले १ घण्टा १० मिनेट १४ सेकेण्डमा दुरी पार गरेर उपविजेता बन्दै नगद ७५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । नेपाली सेनाकै रामजी बस्नेत १ घण्टा १० मिनेट ३० सेकेण्डमा दुरी पार गरेर तृतिय हुदै नगद ५० हजार, जुम्लाका दुर्गा बहादुर बुढा १ घण्टा १० मिनेट ४४ सेकेण्डमा दुरी पार गरेर चौथौ हुदै ३० हजार रुपैयाबाट पुरस्कृत भए । नेपाली सेनाका श्रीकस राई पाचौ स्थान हासिल गर्दै नगद २० हजार, एपीएफका किरण सिह बोगटी छैटौ बन्दै नगद १० हजार रुपैयाबाट पुरस्कृत भए ।

यसैगरि कलेजस्तरीय १० किलोमिटर छात्र दौडमा सप्तरीका अजित कुमार यादवले ३२ मिनेट २३।०२ सेकेण्ड मा दुरी पार गर्दै उपाधि हात पारे । उपाधिसंगै उनले ३५ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए । नेपाली प्रहरीका जगेन्द्र अहिरले ३२ मिनेट २३।०८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरेर नगद २५ हजार रुपैया, बझाङका करण रावलले ३२ मिनेट ४८।२० सेकेण्डमा दुरी पार गरेर तृतिय हुदै नगद १५ हजार रुपैयाबाट पुरस्कृत भए । अछामका कमल राज तिमिल्सिना चौथो हुदै नगद १० हजार, कास्कीका दिनेश बोगटी पाचौ हुदै नगद ७ हजार तथा मिङमार तामाङ छैटौ हुदै नगद ५ हजार रुपैयाबाट पुरस्कार भए ।

यसैगरि १० किलोमिटर महिला खुलाको उपाधि एपिएफका पुष्पा भण्डारीले हात पारेकी छिन । उनले ३८ मिनेट १०।०७ सेकेण्डमा दुरी पार गर्दै उपाधिसंगै नगद ३५ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए । एपीएफकी आज्ञा रावतले ३८ मिनेट ३२।०७ सेकेण्डमा दुरी पार गरेर दोस्रो बन्दै नगद २५ हजार रुपैया, नेपाली सेनाकी सिर्जना पाण्डे ३९ मिनेट ३१।२० सेकेण्डमा दुरी पार गरेर तृतिय हुदै नगद १५ हजार रुपैयाबाट पुरस्कृत भईन ।
नेपाली सेनाकी सुमित्रा चौधरी चौथो हुदै नगद १० हजार, मनिका कुमाल पाचौ हुदै नगद ७ हजार तथा अनिसा चौधरी छैटौ हुदै नगद ५ हजार रुपैयाबाट पुरस्कार भईन ।

यसैगरि विद्यालय छात्रमा जनज्योती माबि सुर्खेतका अजय बिक प्रथम हुदै नगद २० हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए । सयपत्री माबि कंचनपुरका बिक्रम कार्की दोस्रो हुदै नगद १५ हजार, भैरव माबि जुम्लाका शेर बहादुर अधिकारी तृतिय हुदै नगद १२ हजार, हसनापुर माबि रुपन्देहीका उमेश बरही चौथो बन्दै नगद १० हजार, जनज्योती माबि सुर्खेतका बिकास बिक पाचौ स्थान हासिल गर्दै नगद ७ हजार र बालविकास माबि तनहुका अमृत बिक छैटौ स्थान हासिल गर्दै नगद ५ हजार रुपैयाबाट पुरस्कृत भए ।

छात्रा ३ किलोमिटर दौडमा सुर्खेतकी बिमला कार्की प्रथम हुदै नगद १५ हजार, कप, मेडलबाट पुरस्कृत भईन । यसैगरि काठमाण्डौकी आइसमा आचार्य दोस्रो हुदै नगद १० हजार, सुर्खेतका लक्ष्मी शाही तृतिय हुदै नगद ७ हजार, रुपन्देहीकी कुसुम ठगुन्ना चौथो हुदै ५ हजार, सल्यानकी समिक्षा शाही पाचौ स्थान हासिल गर्दै नगद ३ हजार रुपैयाबाट पुरस्कृत भए ।

एक समारोहका बिच प्रतिनिधि सभा सदस्य पुर्ब मन्त्री छबिलाल बिश्वकर्मा, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्री देवी अर्याल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, ओलम्पियन बैकुण्ठ मानन्धर, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घले, एकेडेमीका सदस्य सचिव बिनोद आचार्यले पुुरस्कार वितरण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?