ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

वडा कपमा वडा नं २ र ७ विजयी

३१ बैशाख २०८१, सोमबार
३१ बैशाख २०८१, सोमबार

बुटवल, ३१ बैशाख । बुटवलमा सोमबारदेखी उजिरसिह वडा कप २०८१ शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा भएको उद्घाटन खेलमा वडा नं २ विजयी भएको छ । वडा न २ ले वडा नं १९ लाई ४ बिकेटले पराजित गरेको हो ।

नहरपुर माबि स्थित खेल मैदानमा वडा नं २ ले टस जितेर ब्याटिङको निम्तो दिएपछि मैदानमा उत्रेको वडा नं १९ ले १६ ओभरमा ८ बिकेटको नोक्सानीमा ९६ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि हरि गैरेले १८ बलमा १६, सुभाष सापकोटाले १३ बलमा १५ तथा दीपक डुम्रेले १० बलमा १४ रनको योगदान दिए । कम स्कोरमा रोक्न वडा नं २ का सृजन श्रेष्ठले ३ तथा मदन घिमिरे र छबिलाल पौडेलले २—२ बिकेट लिए । मध्यम लक्ष्यलाई वडा नं २ ले १२.५ ओभरमा ६ बिकेटको नोक्सानीमा भेटायो । वडा नं २ का सुनिल गुरुङले २१ बलमा ३५ तथा बिनोद रणपालले १४ बलमा २४ रन जोडे । वडा नं १९ का दीपक डुम्रे र रोशन रानाले समान २—२ बिकेट लिए । वडा नं २ का सृजन श्रेष्ठ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि सोमबार नै भएको दोस्रो खेलमा वडा नं ७ ले वडा नं १६ लाई ६ बिकेटले पराजित गरेको छ । टस जितेर वडा नं ७ ले ब्याटिङको निम्तो दिएपछि वडा नं १६ ले १६ ओभरमा ९ बिकेटको नोक्सानीमा ११८ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि विजय जमरकट्टेलले २८ बलमा ४४ तथा सिमन्त केसीले ११ बलमा २२ रनको योगदान दिए । वडा नं ७ का बिवेश खत्रीले ४ तथा अस्वीन भट्टराई र सुनिल सोमई मगरले समान २—२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वडा नं ७ भने १४.१ ओभरमा ४ बिकेटको नोक्सानीमा भेटायो । वडा नं ७ का एजाज अहमदले २९ बलमा ३४, रोहित पासवानले २८ बलमा २४ तथा रमेश राईले १० बलमा २४ रन जोडे । वडा नं १६ का बासु सापकोटाले २ बिकेट लिए । खेलमा बिबेश खत्री प्लेयर अफ दी म्याच भए ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र, उपविजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा म्यान अफ दी सिरिजलाई नगद २५००, ट्रफि, प्रमाणपत्र, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई नगद १५०० रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष रोमित बज्राचार्यले बताए । प्रतियोगितामा १६ टिमले भाग लिएका छन । गतवर्ष वडा नं ३ को टिम विजेता रहेको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?