ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर)

३० बैशाख २०८१, आइतबार
३० बैशाख २०८१, आइतबार

बुटवल,३० बैशाख ।   रुपन्देहीको देवदह खयरडांडामा कलाकारहरुले ऐतिहासिक देवदह झल्काउने दुई दर्जन बढी तस्वीर कोरेका छन् । क्यानभासमा ऐतिहासिक देवदह नामक कार्यशालामा रुपन्देहीका स्थापित २४ जना पेन्टिङ कलामा पोख्त कलाकारहरुले देवदह र बुद्धको जीवनी जोडिएका इतिहासलाई तस्वीर चित्रमार्फत उजागर गरेका छन् ।

२५६८ औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा ड्रिम देवदह यूनिटी फर चेञ्जको आयोजनामा दुई दिने कार्यशाला गरिएको हो । कार्यशालाको एक समारोहका बीच शनिबार उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले समापन गरेका हुन् । समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले कार्यशालाले पर्यटन प्रबर्द्धनमा ठूलो टेवा दिने बताए । उनले कलाकारहरुले निकै मेहनतका साथ बुद्ध र देवदहको इतिहास उतारेको बताउँदै यसमा प्रदेश सरकार पनि सहकार्य गर्न इच्छुक रहेके बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपानेले देवदह बुद्धको मावली स्थल भएकाले यहाँको विकासका लागि कार्यशालाले ठूलो सहयोग गर्ने बताइन् ।

यस्तै कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले खयरडाँडा जस्ता पुरातात्विक स्थलमा गरिएको कार्यशालाले देवदहको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा दिने बताउँदै स्थानीय सरकारका तर्फबाट यसको संरक्षणमा ध्यान दिने बताइन । यस्तै लुम्बिनी विकास कोष कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहको इतिहासबलाई क्यानभासमा उतार्ने कार्यले देवदहको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । ड्रिम देवदह यूनिटी फर चेञ्जका अध्यक्ष समेत रहेका भट्टराईले कलाकारहरुले उतारेका ऐतिहासिक चित्रहरुले देवदह र बुद्धको जीवनलाई उतारेको बताए ।
समापन कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, वडाअध्यक्ष मोहन बहादुर जिसि, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गोविन्द चौधरी, खयरडाँडा संरक्षण समिति देवदह ९ का सल्लाहकार पिताम्बर खराल, सचिव दिपेश बस्याल, पवन पौडेल लगायतले बोलेका थिए । २४ जना कलाकारले क्यानभासमा उतारेका चित्रहरुमा देवदहको इतिहास कोरिएको छ । २ दिने कार्यशालाबाट बनेका २८ वटा चित्रहरुलाई व्यवस्थित रुपमा राख्ने ड्रिम देवदह यूनिटि फर चेञ्जका सचिव दिपेश बस्यालले जानकारी दिए ।

ड्रिम देवदहको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यशालाको देवदह नगरपालिका संरक्षक, पर्यटन डिभिजन कार्यालय रूपन्देही सह–आयोजक र लुम्बिनी विकास कोष प्रर्वद्धक हुन । कार्यशालाको शुक्रबार लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले कार्याशालाको उद्घाटन गरेकी थिइन ।

कार्यशालामा कलाकारहरु मन गोल्डी, एचबी रम्मेल,विष्णु सुवेदी, यमबहादुर थापा, दिलिप रसाली,खेम घिमिरे,सुमित्रा राना, वेनु थापा,विवेक खनाल, डोलप्रसाद आले, चन्द्र बहादुर खड्‌का, भिम श्रेष्ठ, विना कुमारी सापकोटा, प्रितम राना,विशन गुरुड,सुग्रीम हरिजन,रिक्की नेपाली, अजय नेपाली,अमर क्षेत्री,सागर नेपाली,घनश्याम थापा,गंगाधर आचार्य पुरन चौधरी र गोविन्द चौधरीले फरक फरक चित्र कोरेका थिए ।

 

 

 

तस्वीरहरु : टिआर शर्मा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?