ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग

२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

बुटवल, २६ बैशाख । चीनमा सम्पन्न अन्तराष्ट्रिय बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली बास्केटबल खेलाडीहरुलाई लुम्बिनी प्रदेश बास्केटबल संघले नगद सहयोग गरेको छ । चीनको युनान प्रदेश सीमा ह्याप्पी भिलेज स्पोर्टस कार्निभल ३ बाई ३ बास्केटबल प्रतियोगितामा ३८ टिमलाई पछि पार्दै स्वर्ण पदक विजेता नेपाली टिमलाई ५१ हजार रुपैया सहित सम्मानको लागि केन्द्रमा रकम हस्तान्तरण गरिएको हो ।

लुम्बिनी प्रदेश बास्केटबल संघको सोमबार रुपन्देहीमा सम्पन्न दोस्रो बैठकबाट खेलाडीहरु विजय बुर्जा, निकेश राखल मगर, मनिष केसी, निश्चल महर्जन र कोच सुशिल गुरुङलाई सहयोग रकम पठाएको अध्यक्ष मनिष कुमार ह्योजुले बताए । बास्केटबल खेल र खेलाडीको विकासमा सरकारको प्राथमिकतामा पर्न नसकेको बेला नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय सफलता हासिल गरेको प्रदेशका अध्यक्ष ह्याजुले बताए । अन्तराष्ट्रिय प्रतियोगितामा विजेता बनेको नेपाली टिमलाई लुम्बिनी प्रदेशबाट हौसला बढाउने गरि नगदबाट सम्मान गर्न लागेको उनले बताए । आयोजक चीनसहित नेपाल, कम्बोडिया, भियतनाम, म्यानमार, थाईल्याण्ड, लाओस गरि ७ देश सहभागी रहेका थिए । जसमा चाईनाको ३२ प्रदेश र युनिर्भसिटिको टिम गरि कुल ३९ टिम रहेका थिए ।

लुम्बिनी प्रदेश बास्केटबलमा सम्भावना बोकेको क्षेत्रका रुपमा रुपन्देही भएको भन्दै त्यसैलाइ मध्येनजर गरि प्रदेशका १२ जिल्लाका युवा खेलाडीहरुलाई समेटेर ओपन ट्यालेन्ट हन्ट आयोजना गर्ने अध्यक्ष मनिष कुमार ह्योजुले बताए । एक महिनाको आधारभुत तालिमबाट उत्कृष्ट खेलाडीलाई काठमाडौ थप बास्केटबल प्रशिक्षणको अवसर दिने उनले बताए । महिला, पुरुष ट्यालेन्ट हन्ट, रेफ्रि कोच लगायतको प्रशिक्षण चलाउने उनले बताए । यसैगरि बास्केटबलको प्रशिक्षकका रुपमा ब्यवसायिक बन्ने अवसर रहेको उनले बताए । यसैगरि संघको संरक्षकमा रुपन्देहीका ब्यवसायी तथा समाजसेवी अनन्तमान थैवलाई मनोनित गर्ने निर्णय गरेको छ ।

दिपनगरस्थित बास्केटबल कोर्टलाई अस्थाई कोर्ट प्रयोग गर्न स्थानिय सौभाग्य युवा क्लबसंग समन्वय अघि बढाउने संघका महासचिव विपिन केसीले बताए । आगामी दिनमा अफिसियल तयार गर्ने, प्रदेश टिम तयार गर्ने, टिमको मुख्य प्रायोजक खोज्ने, अक्षयकोष स्थापना गर्ने,
खेलप्रेमीहरुबाट आर्थिक जुटाएर सहयोग गर्ने तयारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?