बुटवल, २४ वैशाख ।
अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्ने १३ जना नै भारतीय हुन् ।
पछिल्लो समय बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाईन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई बुटवल प्रहरीले प्रकाउ गरेको हो । पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा मार्न पुगेको थियो ।
प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोवाईल लगायतका सामान नियन्त्रणमा लिएको छ । ईलाका प्रहरा कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले १३ जना भारतीय प्रक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको बताए ।