© २०२३
बुटवल,२३ बैशाख । बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने निर्णय लुम्बिनी प्रदेश सरकारले गरेको छ । प्रदेश सरकार स्थापना भएदेखि राजश्व अनुसन्धानको कार्यालयको भवन मासिक करिब दुई लाख रुपैयाँ बुझाउनेगरी सरकारले भाडामा लिएको थियो।
बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरे पनि मुख्यमन्त्रीको आवास भने यथावत थियो। आइबातबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गरिएको भवन सम्वन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको हो ।
यस्तै प्रदेश सरकारले सरकारको प्रवक्तामा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री दिनेश पन्थिलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस अघि विभागीय मन्त्री नियुक्ती नहुदा सम्म सरकारको प्रवक्ताको जिम्मा मन्त्री दिपेन्द्र पुनलाई दिइएको थियो।