ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता
पत्रकार महासंघ लुम्बिनी साधारणसभा

मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा

निरासाको खेती गरेर जनतालाई अलमल्याउने काम पनि कहीँ कतैबाट भइरहेको सङ्केत गर्दै मुख्यमन्त्री महराले सत्यको पक्षमा कलम चालउन आग्रह गरे । उनले भने ,‘हामी निरासा बाँड्ने काम नगरौ,गरेपछि सबै सम्भव छ,परिवर्तन र आर्थिक समृद्धि हाम्रै पालामा हुन्छ भनेर लागौँ भएन खत्तम भयो भन्ने कोणबाट होइन ।’
२० बैशाख २०८१, बिहीबार
२० बैशाख २०८१, बिहीबार

लमही, २० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मिडियालाई रचनात्मक सुझाव सहितको आलोचना गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महसंघ लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा चौथो अधिबेसनलाई दाङको लमहीमा उद्घाटन गर्दै मुख्यमन्त्री महराले मिडियाले सरकारको प्रसंशा भन्दा समालोचनात्मक सुझाव दिनुपर्ने बताए । उनले भने,‘तपाइहरू मिडियाले परिवर्तनलाई संस्थागत गर्ने काममा र हरेक राजनीतिक परिवर्तनमा ठूलो योगदान गर्नुभएको छ, तपाइहरूसँग ठूलो शक्ति छ यो शक्तिलाई अब भयो पुग्यो भनेर बस्न भने हुँदैन ।’

सरकार संचालनको क्रममा आफूहरूमा कमजोरी हुनसक्ने भन्दै मुख्यमन्त्री महराले तत्काल कमजोरी औंल्याउँदा आफूले सकारात्मक रूपमा लिने भन्दै प्रतिशोध भावनाले कोहीपनि अघि बढ्न नसक्ने बताए । सरकार यसपालि नयाँ ढङ्गबाट अघि बढ्न खोजेको जानकारी दिँदै मुख्यमन्त्री महराले सरकार गठन, संसदीय समितिको नेतृत्व चयन देखि प्रदेशसभालाई विजनेश दिने काममा सफल भएको बताए ।
निरासाको खेती गरेर जनतालाई अलमल्याउने काम पनि कहीँकतैबाट भइरहेको सङ्केत गर्दै मुख्यमन्त्री महराले सत्यको पक्षमा कलम चालउन आग्रह गरे । उनले भने,‘हामी निरासा बाँड्ने काम नगरांै,गरेपछि सबै सम्भव छ, परिवर्तन र आर्थिक समृद्धि हाम्रै पालामा हुन्छ भनेर लागौँ भएन खत्तम भयो भन्ने कोणबाट होइन ।’ यस्तै कार्यक्रमका बिशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारले आन्तरिक मामिला तथा संचार मन्त्री दिनेश पन्थीले पत्रकारहरूले आफ्नो पेसालाई मर्यादित बनाउँदै सामाजिक दायित्वलाई पनि पूरा गर्नुपर्ने बताए ।

त्यसैगरि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री दिनेस पन्थीले मिडियामाथि आएका चुनौति सामना गर्दै सार्वजनिक हित प्रवद्र्धनका लागि अझ सशक्त रूपमा पत्रकार महासंघ लुम्बिनी प्रदेशले विशेष भूमिका खेल्नुपर्ने धारणा राखे । लुम्बिनी प्रदेशका १२ जिल्लाका पत्रकार भेला भएको कार्यक्रममा पत्रकारहरुले पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले महासंघका शुद्धिकरणको नाममा अनावश्यक राजनीतिकरण गरेको आरोप लगाएका छन् । पत्रकारको क्षमता अभिबृद्धि, संस्थागत विकास, पेसागत सुरक्षाको सट्टा सक्रिय पत्रकारलाई हटाएर महासंघलाई बदनाम गर्न नहुने तर्क पत्रकारहरूको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देही शाखाका अध्यक्ष रामराज पोख्रेलले शुद्धिकरणको नाममा जिल्ला शाखालाई बलिको बोका बनाएको गुनासो गरेका थिए ।  आफूहरूलाई शुद्धिकरण गर्न निर्देशन दिने र प्रदेश र केन्द्रिय समितिबाट शुद्धिकरणमा परेर हटाइएका पत्रकारलाई थप्न बरु सक्रियलाई हटाउने काम भइरहेको बताए । पत्रकार महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसीले पनि पत्रकार महासंघल पत्रकारको पेशागत सुरक्षा र मिडियाको संरक्षणमा काम गर्न नसकेको बताए ।

लुम्बिनी प्रदेश संचार प्रतिष्ठानका अध्यक्ष मिलन गाहा मगरले सबै पत्रकारलाई समेटेर प्रतिष्ठान अघि बढ्ने भन्दै मिडिया र पत्रकारको हकहितका लागि प्रतिष्ठानले काम गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चलाइएको शुद्धिकरण अभियान आफै सकारात्मक रहेको दाबी गरे । क्रियाशील पत्रकारलाई महासंघले सधै सम्मानका साथ संस्थामा राख्ने जानकारी दिँदै पत्रकारले सत्यको पक्षमा सधै कलम चलाउन कुनै धक नमान्न समेत आग्रह गरे । ‘अदालतको विपक्षमा लेख्न हुँदैन भन्ने भान सबैलाई भएको भन्दै अदालतको गलत ब्याख्या, फैसला, नजिर छ भने पनि डटेर विरोध गर्न पत्रकारलाई निर्देशन दिए । महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी का अनुसार बन्द सर्तले पत्रकारका संचारमाध्यमको हकहितमा आधारित १० बँुदे भालुबाङ घोषणापत्र जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?