© २०२३
नवलपरासी ।
विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको हो ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ गतेसम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा द्रूत गतिमा काम भइरहेको छ ।
अहिले सडकमा कालोपत्रसँगै सडक किनारको खाल्डा पुर्ने सडकमा ‘बेस’ र ‘सबबेस’ बनाउने काम भइरहेको छ । एशियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्ग विस्तार थालिएको हो ।