ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना

१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

बुटवल, १९ वैशाख ।

पहिलो पाईला नेपाल बुटवल शाखाको आयोजनामा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम गरिएको छ । बिशेषगरी छोटो दुरीमा बुटवल नगर क्षेत्रभित्र नगरको अनुमति लिई सञ्चालनमा रहेका ईरिक्साको कारणले भएका सडक दुर्घटना, ट्राफिक नियमको अवज्ञा र सोको कारणले बढेको जोखिम साथसाथै सुरक्षित यात्राको निम्ति ईरिक्सा चालकहरुलाई लक्षित गरी कार्यक्रम गरिएको शाखा अध्यक्ष विनोद बस्यालले जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले सवारी दुर्घटनाका कारणहरु मानवीय र प्राबिधिक रहेको औल्याउँदै मानवीय कारणहरुलाई हल गर्न सके आकस्मिक आउने प्राबिधिक कारणले ठुलो सम्भावित दुर्घटना तथा क्षति न्युनिकरण हुने बताएका थिए ।

साथै सडकको अवस्थाको कारणले हुने दुर्घटनातर्फ ईंगित गर्दै उनले देशको अबस्था, बिकासको गति, राज्यको कमजोर नियमन, लापरवाहीको कारणले सडकको स्तर सुध्रन नसकेको बताए । सडकमा हिड्ने पैदल यात्रु, सवारीमा सवार यात्रु देखि आफू र आफ्नो परिवार समेत रहेकोले संयमित भई ट्राफिक नियमको पालना गरी सवारी चलाउन उनले चालकहरुलाई अनुरोध गरे ।

मन्त्री पन्थीले आफ्नो मन्त्रालयको जिम्मेवारी तथा कामको जानकारी लिदै प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने कानुनको संशोधन, कानुन निर्माणको निम्ति आफ्नो प्रमुख प्राथमिकता रहेको र सोको लागि आफ्नो तहवाट सुझाव प्रदान गर्न समेत आग्रह गरेका थिए । कानुनी राज्यमा कानुन प्रमुख रहेको, कानुन भन्दा माथि कोही नरहेको र कानुनले सबैलाई समान नजरले देख्ने भएकोले कुनै कानुनमा संशोधन गर्न आबश्यक भए सुझाव पेश गर्ने आग्रह गरेका थिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबू खत्रीले सानो सवारीमा जोखिम उच्च हुने, ट्राफिक नियम उल्लङ्घनमा साना सवारी बढी देखिने गरेको बताए ।

प्रदेशभर हरेक दिन साना सवारीको दुर्घटना दर उच्च भएको र हरेक दिन दुर्घटनाको कारण १–३ जना सम्मको ज्यान गएको जानकारी गराउँदै सानो कारणले ठुलो दुर्घटना भईरहेको, जसले गर्दा जनधनको क्षति भएको जसको कारण सवारी चालक रहेकोले सवारी चालकले जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिएका थिए । सडकमा बढ्दो सवारी चापको कारणले गर्दा सडक र सहर अस्तब्यबस्त भईरहेकोले ट्राफिक नियमको पालना गर्दा सोको न्युनिकरण हुने उनले बताए ।

कार्यक्रममा पहिलो पाईला नेपाल बुटवल शाखा सल्लाहाकार ठाकुर गैरे, हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण प्रसाद तिवारी, शाखा उपाध्यक्ष सन्तोष बन्जाडे, कार्यक्रम संयोजक कमल पोख्रेल, बुटवल शाखा अध्यक्ष विनोद बस्यालले कार्यको उद्देश्यको बारेमा सहभागीहरुलाई प्रष्ट पार्दै प्रशिक्षणबाट जिम्मेवारी चालक बन्न सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बुटवल नगरमा दर्ता भई नगर क्षेत्रभित्र स्रञ्चालनमा रहेका १५० बढी स्वरोजगार ईरिक्सा चालकलाई प्रहरी सहायक निरीक्षक राजु चौधरीले ट्राफिक नियमको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । डा. सन्तोष क्षेत्रीले आँखाको ज्योतीको कारणले निम्तने सम्भावित सडक दुर्घटना र सोको न्युनीकरणका उपायको सन्दर्भमा सहभागीलाई प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा बुटवल नगरभित्र सञ्चालनमा रहेका स्वरोजगार ईरिक्सा चालकहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?