© २०२३
नेपालगञ्ज, १६ बैशाख । आफैले निर्माण गरेको पेस्तोल पड्किएर बाँकेमा एक वालक घाइते भएका छन् । बाँकेको राप्ती सोनारी ५ चाचरफर्कामा आईतबार राति आफैले घरमा निर्माण गरेको कटुवा पेस्तोल पड्किदा गोलि लागेर १६ बर्षिय बालक सचिन थारु घाइते भएका हुन् ।
काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो हतियार बनाई आफ्नै पाईन्ट पछाडिको गोजीमा राखेको र निकाल्ने क्रममा पड्कन गई दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा गाडिन गई घाइते भएको ईलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । घाइते थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । उनले युट्युब हेरेर पेस्तोल बनाउन सिकेको बयान दिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिएका छन् । उनलाई ईलाका प्रहरी कार्यालय धामपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरि अस्पताल पठाएको थियो । घाइते बालकको अवस्था सामान्य रहेको र हतियार प्रहरीको नियन्त्रणमा रहको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी